दलसिंहपाड़ामा थुनुवामा पऱ्यो चितुवा

कालचिनीः चियाबारीको सेक्सनहरूमा चितुवाको रगरगी भइरहेको क्रममा शुक्रबार कालचिनी खण्डको दलसिंहपाड़ा चियाबारीको ६ नम्बर सेक्सनमा थापिएको खोरमा एउटा पूर्ण वयस्क चितुवा कैद भयो। चितुवा खोरमा परेको घटना सुनेपछि मानिसहरू उक्त चितुवालाई हेर्न भीड लागेको थियो।
घटनास्थलमा सूचना पाएर जल्दापाडा वाइल्डलाइफ डिभिजनको निलपाडा रेञ्जका बनकर्मीहरू पुगेर उक्त चितुवालाई उद्धार गरेर लगेको थियो। चियाबारीको सेक्सनहरूमा अझै ठूला आकारको चितुवाहरू रहेको स्थानीय बासिन्दाहरूले जनाएका छन्। गाउँ घरका बाख्रा, सुङ्गुर गाईगोरू समेत चितुवाले शिकार बवाइरहेको गाउँलेहरूले जनाएका छन्।

याे पनि हेर्नुस्

Leave a comment