दिउँसै सडकमा हात्ती निस्कँदा यातायात बाधित

दिउँसै सडकमा हात्ती

कालचिनी : आइताबार दिउँसो प्रायः १.३० बजे राजाभातखावा बीटीआर चेकपोस्ट नजीकै सडकमा एउटा जङ्गली हात्ती निस्कँदा कालचिनी र अलिपुरद्वारगामी वाहनहरूको लश्कर लागेको थियो।
उक्त जङ्गली हात्ती सडकमा निस्किएर हिँडदा मानिसहरू सबै आत्तिएर भागेको थियो भने बनकर्मीहरूले चकलेट बम पडकाएर जङ्गली हात्तीलाई पुनः जङ्गलतर्फ खेद्न सफल भएपछि पुनः यातायात सुचारु बनेको थियो।

याे पनि हेर्नुस्

Leave a comment