दुम्सीपाडा चियाबारी निवासी आलोक लामाले पूरा गरे एमबीबीएस


आलोक लामाले एमबीबीएस पुरा गर्दै स्थानीय गाउँसँगै चियाबारी क्षेत्रवासी लगायत डुवर्सलाई गर्वित तुल्याएका छन्।

वीरपाडा: उच्च शिक्षा हासिल गर्न शहरकै नामी तथा दामी विद्यालयहरूमा शिक्षा आर्जन होइन लगनशीलता र मेहनत गर्न सके गाउँ चियाबारीबाट नै उक्त ओहोदामा पुग्न सकिन्छ भन्ने उदाहरण बन्दै चियाबारीको गाउँबाट पनि उच्च शिक्षा लिनेको कमि छैन भन्ने उदाहरण बन्दै मदारीहाट वीरपाडा खण्ड अधिनस्तमा पर्ने हन्टापाडा ग्राम पञ्चायत अन्तर्गत रहेको दुम्सीपाडा चियाबारी बड़ालाइन निवासी आलोक लामाले एमबीबीएस पुरा गर्दै स्थानीय गाउँसँगै चियाबारी क्षेत्रवासी लगायत डुवर्सलाई गर्वित तुल्याएका छन्।
पिता शिक्षक विशन लामा अनि माता रूपा लामाको कोखबाट २१ अगस्त २००० मा जन्मेका आलोक लामाको प्रारम्भिक शिक्षा गाउँ कै ग्रीनल्याण्ड इंग्लिस स्कूल निजी विद्यालयबाट भएको थियो जहॉं उनले साव अक्षर चिनेपछि पहिलोदेखि चारसम्मको शिक्षा लिए पछि वीरपाडाको प्रतिष्ठित विद्यालय सनसाइन स्कूलबाट बाह्रौंसम्मको अध्ययन गरेका थिए भने उक्त विद्यालयबाटै दशौं तथा बाह्रौंको बोर्ड परीक्षामा अब्बल श्रेणीमा नतिजा निकालेका थिए। सानैदेखि गाउँ समाज साथै चिकित्सा सेवामा केही गर्छु भन्ने आलोक लामाले बाह्रौंपछि कलेज पढ्नको साटो चिकित्सा सेवाको निम्ति अनलाइन कोचिङ अनि स्व अध्ययन गर्दै पहिलो प्रयासमा नै २०१८ सालमा नीट पास गरी डाक्टर बन्ने सपना बोकी मालदा मेडिकल कलेज एण्ड हस्पिटल पुगेका थिए जहॉंबाट लगभग साढे पॉंच वर्षको कठोर मेहनतपछि सपनालाई साकार बनाउँदै एमबीबीएस उतीर्ण गरी क्षेत्रवासी लगायत डुवर्सलाई गर्वित बनाएका छन् । जेनरल फिजिसियनको क्षेत्रमा डाक्टर बनेका आलोक लामा हाल पोस्ट ग्रयाजुएट(एमडी)को निम्ति तयारीमा रहेको परिवार सुत्रबाट थाहा लागेको छ।

आलोक लामाले पूरा गरे एमबीबीएस


स्मरण रहोस् भौगोलिक रूपमा दुर्गम दुम्सीपाडा चियाबारी लगायतको गाउँमा हालको केही बर्षअघिसम्म गाउँसम्म पुग्ने मोटरबाटो समेत राम्रो थिएन भने त्यस गाउँबाट अन्य स्थान पढ्न जान धेरै यातायातको असुविधाबिच यसरी चिकित्सा सेवामा आलोक लामा सफल हुनु भनेको युवा गोर्खा सन्तानको प्रेरणाको स्रोत बन्न पुगेको हाम्रो समाजको उपाध्यक्ष बुद्धिमान लामा बताउँछन्। यस्तै चुनौतीलाई पुरा गरेका लामाको यो उपलब्धिले डुवर्सवासीमा ठूलो उदाहरण प्रस्तुत गरेका छन् भने युवावर्गहरूको निम्ति मार्गदर्शक बनेका छन्।

याे पनि हेर्नुस्

Amazon

boAt Xtend Smart Watch

boAt Xtend Smart Watch with Alexa Built-in, 1.69” HD Display, Multiple Watch Faces, Stress Monitor, Heart & SpO2 Monitoring, 14 Sports Modes, Sleep Monitor, 5 ATM & 7 Days Battery(Pitch Black)

Buy Now

Leave a comment