आत्मा
एकजना गृहणीद्वारा आत्मा ह त्या
कालचिनीः कालचिनी थाना अन्तर्गत हेमिल्टनगञ्ज श्यामप्रसाद क्लोनी निवासी एकजना महिलाले आत्महत्या गरेको घटना प्रकासमा आएको छ। पुलिस सूत्रबाट प्राप्त जानकारीअनुसार हेमिल्टनगञ्ज निवासी अनुप धरके पत्नी वर्षा धरले घरको कोठाभित्र झुण्डिएर आत्महत्या गरेको प्राथमिक जाँचमा थाह लागेको छ। महिलाको शवलाई पुलिसले उद्धार गरेर उत्तर लोथाबारी ग्रामीण अस्पतालमा ल्याउँदा चिकित्सकहरूले महिलाको गर्दनमा डोरीले बेरिएको निलो डाम रहेको बताएको छ। महिलाले किन आत्महत्या गरे यसको छानबीनमा कालचिनी थानाको पुलिस जुटेको बताइएको छ। शवलाई पोस्टमार्टमको निम्ति अलिपुरद्वार पठाएको पुलिस सुत्रले जनाएका छन्।
याे पनि हेर्नुस्
