गाउँमा पसेको थोप्ले मृगलाई उद्धार

बक्सा जङ्गलमा छाडिएको थोप्ले मृगहरू अचेल जङ्गल संलग्न गाउँहरूमा पस्ने गरेको छ

कालचिनी: बक्सा जङ्गलमा छाडिएको थोप्ले मृगहरू अचेल जङ्गल संलग्न गाउँहरूमा प्रत्येक दिन प्रायः जसो जङ्गली थोप्ले मृगहरू (हरिण) गाउँभित्र पस्ने गरेको छ।
शुक्रबार यसै क्रममा कालचिनी खण्डको गंगुटिया चियाबारी गाउँमा एउटा वयस्क थोप्ले मृग पस्दा गाउँलेहरूले यसको जानकारी बन विभागलाई दिएको थियो।
उक्त थोप्ले मृग निकै बेरसम्म एकजना गाउँलेको करेसो बारीमा पसेर सुस्ताइरहेको थियो।
केही क्षण पश्चात घटनास्थलमा पाना रेञ्जका बनकर्मीहरू पुगेर उक्त थोप्ले मृगलाई सकुशल उद्धार गर्न सफल भएको थियो।
बन विभागले घाँस चरनमा बाटो बिराएर मृग गाउँमा पसेपछि जङ्गल फर्कन नसकेको बताएता पनि गाउँलेहरूले जङ्गलमा अत्यधिक मृग बन विभागले छाडेको तर घाँसको खोजीमा यी मृगहरू गाउँमा पस्ने गरेको जनाएका छन्।
यता चिन्चुला, राजाभात, भातखावा र डिमा चियाबारीमा पनि लगातार यी मृगहरू पस्ने गरेको गाउँलेहरूले जनाएका छन्।

याे पनि हेर्नुस्

Leave a comment