घर दैलो अभियान लिएर तृणमूलको पत्रकार सम्मेलन

कालचिनी: (निसं)-

आगामी लोकसभा चुनाउलाई गिद्धे नजरले हेर्दै तृणमूलले राजनैतिक गतिविधिमा तिव्रता ल्याएको छ। यस क्रममा तृणमूलले जनसम्पर्क अभियानमा तेज गर्दै बुधवार कालचिनीस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गऱ्यो। आउँदो लोकसभा चुनाउमा अलिपुरद्वार लोकसभा आसनमा तृणमूल प्रार्थी जिताउन गम्भीरताको साथ रणनीति चयन गरिएको र पार्टीको जिल्ला सभापतिको निर्देशनमा कालचिनी खण्डको ११ वटा अन्चलहरूमा घर दैलो अभियान शुरु गर्न २ जना गरेर पार्टी पर्यवेक्षकहरू नियुक्त गरिएको ब्लक सभापति असिमकुमार लामाले जनाएका छन्।
जनसम्पर्क अभियान अन्तर्गत राज्य सरकारले गरिरहेको जनमुखी विकास कार्य र चियाबारी श्रमिकहरूको निम्ति पुर्व सरकार चाहे त्यो कंग्रेस सरकार होस् वा बामपन्थी सरकारले नगरेको माटोको अधिकारको कार्यान्वयन माँ,माटी र मानुसको सरकारले गरिरहेको बारे जनतालाई सम्झाइने एवम् झुटो आश्वासन दिने भाजपाको नीतिलाई पर्दाफास गर्ने यो अभियान रहेको तृणमूल कालचिनी ब्लक सभापति असिमकुमार लामाले जनाएका छन्।

याे पनि हेर्नुस्

Leave a comment