गाेपाल लामाकले २८ मार्चमा नामाङ्कन दर्ता गर्ने मिरिक महकुमाबाट दुई सय गाडी समर्थक सहभागी बन्ने

गाेपाल लामाकाे नामाङ्कन दर्ताकाे दिन मिरिक महकुमाबाट दुई सय गाडी समर्थक सहभागी बन्ने।

मिरिक २१ मार्च ( बिनाेद शर्मा) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा मिरिक चुनाउ काेर कमिटीको सभा बिहीबार मिरिककाे एउटा हाेटलकाे सभा गृहमा भयाे। सभामा सियाेक गाेपालधारा ओकेटी समष्टि सभासद धुर्ब बम्जन, भागाेप्रमाे मिरिक महकुमा अध्यक्ष एवम् मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राई, पुर्व सभासद फूबी,मिरिक नगरपालिका अध्यक्ष एलबी राई, भागाेप्रमाे सियाेक गाेपालधारा ओकेटी समष्टि अध्यक्ष समीर राई अनि केन्द्रीय सदस्य सतीस थापा आदि उपस्थित थिए। सभापछि पत्रकारहरूसित बाेल्दै भागाेप्रमाे मिरिक महकुमा अध्यक्ष एवम् मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले लोक सभा संसदीय चुनावमा गाेपाल लामालाई प्रार्थी बनाई सकेकाे छ।

गाेपाल लामाकाे नामाङ्कनमा मिरिकमा सभा
गाेपाल लामाकाे नामाङ्कनमा मिरिकमा सभा


उनकाे चुनावको नामाङ्कन दर्ता गर्ने तारिक आगामी 28 मार्च 2024 तय गरिएकाे छ। त्यस दिन बिहान महाकाल बाबाको दर्शन अनि आशीर्वाद लिएर ठूलो सङ्ख्यामा जिल्ला चुनाव अधिकारीको कार्यालयमा हामी जानेछाैँ भने। तिनले मिरिककाे चारवटा समष्टिबाट दुई सय गाडी समर्थकहरू दार्जिलिङ जानेछन् भन्दै उक्त विषयमा नै सभामा चर्चा गरिएकाे बताए। तिनले हाम्रो प्रार्थी गोपाल लामालाई मिरिक दार्जीलिङ, खरसाङ, पहाड, समतल अनि डुवर्समा नचिन्ने व्यक्ति विरलै होलान्। गोपाल लामाले विगत 20 वर्ष प्रशासनिक कार्यमा बिताएका थिए। उनी दार्जीलिङका ए.डी.एम. थिए। उनले जी टी एमा पनि सचिवको कार्यभार समालेका थिए । मङ्पु सिनकोनाको प्रबन्धक थिए। उनी परिचित व्यक्ति हुन्। उनी धेरै संस्थाहरूसँग संलग्न व्यक्ति पनि हुन । यसैले यसपालिको चुनाउमा धेरै भाेटले विजय बनाउने हामी मतदाताहरूलाई अनुराेध गर्दछाैँ भने। तिनले प्रार्थी गाेपाल लामा मिरिकमा पनि आएर चुनाउ प्रचार गर्नेछन्। हामी निश्चित मिति तय गरेर प्राथी लामालाई मिरिकमा ल्याउनेछाै भने।

Leave a comment