ग्रामीण अस्पतालको निरीक्षण साथै रोगी परिवारलाई फल वितरण

कालचिनीः कालचिनी स्थित उत्तर लोथाबारी ग्रामीण अस्पतालमा बिहीबार तृणमूल कालचिनी ब्लक सभापति असिम पाख्रिनले छडके भ्रमण औ निरीक्षण गरे। आफूलाई पार्टीको ब्लक सभापतिको जिम्मेदारी दिए पश्चात बिहीबार प्रथमपल्ट कालचिनी खण्डको एकमात्र अस्पताल उत्तर लोथाबारी ग्रामीण अस्पतालमा के कस्तो परिसेवा उपलब्ध गराइन्दैछ सो निरीक्षण गर्न साथै अस्पतालमा उपचाराधीन रोगीहरूलाई केही फल वितरण गरिएको ब्लक सभापति पाख्रिनले जनाएका छन्।
यस निरीक्षण टोलीमा ब्लक सभापति असिम पाख्रिन लगायत ब्लकका उपाध्याक्ष ओमदास लोहार, तृणमूल युवा कंग्रेसको कालचिनी ब्लक सभापति पवन योल्मो, अञ्चल चेयरम्यान अतिश छेत्री, शरण लामा, अमित सापकोटा सुमित गोयल एवम् अन्यान्य नेतृत्वहरुको उपस्थिति रहेको थियो। अस्पतालमा राज्य सरकारले दिएको सम्पूर्ण सुख सुविधा रोगीहरुले पाइरहेको र मेल र फिमेल वार्डका शौचालय अलिक फोहोर भएको भेटाइएको यद्यपि यस सम्बन्धमा सम्बन्धित अधिकारी समक्ष कुरा राखिने र अस्पतालमा रहेको सुलभ शौचालयको पनि सठीक व्यवस्थापनको पहल गरिने ब्लक सभापति असिम पाख्रिनले जनाएका छन्।

याे पनि हेर्नुस्

Leave a comment