हात्तीले भत्कायो शिव मन्दिर

कालचिनीः बक्सा ब्याघ्र प्रकल्पको राजाभातखावा संलग्न २३ माइलको जङ्गलबिचमा अवस्थित शिव मन्दिरलाई जङ्गली हात्तीको बथानले क्षतिग्रस्त बनाएको जान्नमा आएको छ।
राजाभातखावा ग्राम पञ्चायतका उपप्रधान पार्थ प्रतिम दत्ताले जानकारी दिए अनुसार सम्भवतः आइतवार बिहानीपख ५ बजी उक्त जङ्गली हात्तीको बथानले मन्दिरको ग्रिल र फाटक क्षतिग्रस्त बनाएको छ भने मन्दिरभित्र केही क्षति नपुगेको जनाएका छन्।
क्षतिग्रस्त मन्दिरको निरीक्षण गर्न आफू स्वयं घटनास्थलमा पुगेको र यसको जानकारी राजाभातखावा रेञ्जलाई पनि दिएको उपप्रधान पार्थ प्रतिम दत्ताले जनाएका छन्।

Leave a comment