जयगाउँमा शाखा स्तरीय सोनम ल्होछार सम्पन्न

कालचिनीः गत १० फरवरीदेखि सुरु भएको तामाङ जातिको महान चाढ सोनम ल्होछार पर्व विभिन्न तामाङ समाजद्वारा पालन गरिरहेको क्रममा शुक्रबार कालचिनी खण्डको भारत भोटाङ सीमान्त सहर जयगाउँमा पनि धुमधामसित पालन गरियो। तामाङ ह्युल्बा बुद्धिष्ट सोसाइटी जयगाउँ र डुवर्स तामाङ बौद्ध संघको संयुक्त आयोजनामा शुक्रबार जयगाउँ एक नम्बर अञ्चल अन्तर्गत डाल्डाबारी क्षेत्रमा सम्पन्न भयो। डुवर्स तामाङ बौद्ध संघको अध्यक्ष डीबी वाईबा, मूलसचिव कुमार गोले, ताम्बा लाक्पा योञ्जन डम्फुरे पासाङ माया आङीको प्रमुख आतिथ्य एवम् जेडीए चेयरम्यान गंगाप्रसाद शर्मा र कालचिनी पञ्चायत समितिको भाइस चेयरम्यान नितु राणा लगायत जयगाउँ थानाका पुलिस प्रतिनिधि अमृत लामा र साङ्गे भोटियाको विशिष्ट आतिथ्यमा सम्पन्न सो समारोहमा सोनम ल्होछारको औचित्य र तामाङ संस्कार, संस्कृति र भाषा संरक्षणमाथि विशेष चर्चा उपस्थित अतिथिहरूले गरेको थियो। समारोहमा अतिथिहरूलाई खदा लगाएर स्वागत गरिएपछि कालचिनीका डम्फुरे पासाङ माया लामा आङीले तामाङ स्वागत गीत प्रस्तुत गरेकी थिईन्।

जयगाउँमा शाखा स्तरीय सोनम ल्होछार
जयगाउँमा शाखा स्तरीय सोनम ल्होछार


स्थानीय तामाङ कलाकारहरूले तामाङ सेलो र नेपाली गीतको प्रस्तुति दिएर मनोरञ्जन गरेको थियो। सो समारोहमा नै आयोजक कमिटीको पक्षबाट डुवर्स तामाङ बौद्ध संघ लगायत जयगाउँका विशिष्ट तामाङ समाजसेवी र स्रस्टाहरूलाई सम्वर्द्धना प्रदान गरिएको थियो। सो अवसरमा आयोजक कमिटीको पक्षबाट साङ्गे गोले, सानु लामा, सुधीर मोक्तान, मन्तोष लामा, सरोज लोप्चन, प्रेम गोले, कल्पना लामा र पूजा गोले साथै अन्यान्यले अतिथिहरूलाई स्वागत साथै धन्यवाद ज्ञापन गरेको थियो। आगामी दिनमा जयगाउँ भेगका तामाङहरूलाई समेटेर अझै विभिन्न प्रकारको कार्यक्रम र कार्यशालाहरूको आयोजना गरिने आयोजक कमिटीको पक्षबाट सुधीर मोक्तान, मन्तोष लामा र सरोज लोप्चनले जनाएका छन्। डुवर्स तामाङ बौद्ध संघको मूलसचिव कुमार गोलेले आगामी आइतावार बीरपाडामा सम्पन्न हुने पाँचौँ डुवर्सव्यापी सोनम ल्होछार समापन समारोहमा सबै सहभागी भइदिने पनि विशेष आग्रह गरेको थियो।
स्मरण रहोस्, गत १२ फरवरीको साँझ पनि कालचिनी खण्डको मेचपाडा ८ नम्बरमा शाखा स्तरीय सोनम ल्होछार सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो भने आगामी १८ फरवरी आइताबारको दिन बीरपाडामा डुवर्सव्यापी सोनम ल्होछार समापन समारोह हुने डुवर्स तामाङ बौद्ध संघको मूलसचिव कुमार गोलेले जनाएका छन्।

याे पनि हेर्नुस्

Leave a comment