जेडीए चेयरम्यान गंगाप्रसाद शर्माले गरे पत्रकार सम्मेलन

जेडीए चेयरम्यान गंगाप्रसाद शर्माले गरे पत्रकार सम्मेलन


कालचिनीः जेडीए चेयरम्यान तथा तृणमूल अलिपुरद्वार जिल्ला चेयरम्यान गंगाप्रसाद शर्मा विरुद्ध वृहत घोटाला एवम् हिनामिनाको प्रसङ्गमा सोमबार चेयरम्यान गंगाप्रसाद शर्माले तृणमूल अलिपुरद्वार जिल्ला कार्यालयमा एउटा पत्रकार सम्मेलनको आयोजना गरे।
आफू विरुद्ध जसले पनि अभियोग वा आक्षेप लगाएका छन् त्यो सबै झुटो रहेको र यसको उचित जाँच गर्न दल नेत्री तथा मुख्यमन्त्री समक्ष पत्राचार गरेको तिनले जनाएका छन्।
तिनले यदि आफू यो सबै अभियोगमा संलिप्त रहेको दोषी भेटाइए राजनीतिबाटै सन्यास लिने पनि बताएका छन्। केही दल बाहिरका मानिस अनि दलभित्रका असक्रिय तत्वहरूले बदनाम गर्ने षड्यनत्र रचेको दाबी गरेका छन्। विगत लोकसभा औ विधानसभा चुनाउमा निराशाजनक परिणामले अलिपुरद्वार जिल्लामा तृणमूलले पार्टीको परफरमेन्स ग्राफ माथि ल्याउन चलिरहेकोबीच जेडीए चेयरम्यान तथा तृणमूल अलिपुरद्वार जिल्ला चेयरम्यान गंगाप्रसाद शर्मा विरुद्ध विभिन्न अभियोग मुख्यमन्त्री समक्ष पुऱ्याएको सन्दर्भमा सोमबार गंगाप्रसाद शर्माले पत्रकार सम्मेलन गर्दै प्रायः ५९ जनाले हस्ताक्षर गरेको आरोप पत्रमा तृणमूलमा नरहेकोहरूले अनि असक्रिय भएर बसेकाहरूले जुन झुटो आरोप लगाएका छन् त्यसको जवाफ दिन आफूलाई कुनै औचित्य नरहेको र यदि यो सबै आरोपमा आफू संलिप्त रहेको प्रमाण भए राजनीतिबाट टाढिएर बस्ने तर यदि यो सबै झुटो हो भने आरोप लगाउनेहरू विरुद्ध आफूले कानूनी पदक्षेप लिने जनाएका छन्।
राज्यमा विधानसभा चुनाउ नजीकिन्दै आइरहेको बेला यतिखेर तृणमूलभित्र गोष्ठी द्वन्द्व शुरु भएको पर्यवेक्षकहरूले अनुमान गरेका छन्। यद्यपि कुनै गोष्ठी द्वन्द्व नरहेको र आफू ममता ब्यानर्जीको एकजना सैनिकको रुपमा पार्टीमा काम गरेको गंगाप्रसाद शर्माले दाबी गरेका छन्। जसले यो अभियोगको षडयन्त्र गरेका छन् तिनीहरूको धन्धाबाजी जयगाउँमा बन्द भएको र यसमा भूमाफिया, तस्करहरूको गुटले आफू विरुद्ध षडयन्त्र रचेको बताउँदै झुटो आरोप कस्ने र आफू विरुद्ध लागेको आरोपको जाँच गरियोस् भन्दै गंगाप्रसाद शर्माले चुनौती समेत दिएका छन्।

याे पनि हेर्नुस्


AMAZON

Soft Silk Saree With Blouse Piece

SGF11 Women’s Kanjivaram Soft Silk Saree With Blouse Piece

Buy Now

Leave a comment