कैजले हातीपत्तामा हैकमसिंह राईको पूर्ण कदको सालिक अनावरण

कैजले हातीपत्तामा हैकमसिंह राईको पूर्ण कदको सालिक अनावरण


कैजले : डुवर्सेली नेपाली साहित्यको बीजारोपन गर्ने प्रथम व्यक्ति स्व. हैकमसिंह राईकाे सालिक कैजले हातीपत्ता बजारमा ३३ औँ भाषा मान्यता दिवस स्मृति कार्यक्रममा विधिवत अनावरण भयो । ३३ औँ भाषा मान्यता दिवस साथै स्व. हैकमसिंह राई सालिक अनावरण कार्यक्रम समारोह डुवर्स नेपाली साहित्य विकास समितिका अध्यक्ष कृष्णबहादुर श्रेष्ठको सभापतित्व र गौड्बङ्ग विश्वविद्यालयका पूर्व उपकुलपति डा शान्ति छेत्रीको प्रमुख अतिथित्वमा सम्पन्न भएको थियो ।


प्रमुख अतिथि साथै अतिथिहरूको आगमन भएसँगै स्व. हैकमसिंह राईको पूर्ण कदको सालिक अनावरण भएको थियो भने हैकमसिंह राईको परिचय साथै तिनका योगदानमाथि साहित्यकार तथा कवि अबीर खालिङले मन्तव्य राखे । जीवन बराइलीले म हैकमसिंह राई शीर्षकमा कविता पाठ गरे भने कवि पवित्र लामाले प्रेमिया बास्फोर शीर्षकमा कविता पाठ गरेकी थिइन । यसरी नै उक्त सत्रको कार्यक्रममा पुजन राईले गीत पनि प्रस्तुत गरे भने यसै सत्रको कार्यक्रममा नेपाली भाषा मन्यताको आन्दोलनका भाषा सङ्ग्रमीहरूलाई सम्मान गरेका थिए । नेपाली भाषा आन्दोलनमा डुवर्सको संक्षिप्त वर्णन दुर्गा चामलिङ गरे ।


कार्यक्रमको दोस्रो चरणमा डुवर्स गौरव सम्मान कार्यक्रम रहेको थियो । स्व. कृष्णमाया श्रेष्ठको स्मृतिमा रहेको डुवर्स गौरव सम्मान यस वर्ष डुवर्सका प्रसिद्ध गायक इन्द्रजीत मिजारलाई प्रदान गरेका थिए । यस सत्रको कार्यक्रममा स्व. कृष्णमाया श्रेष्ठको संक्षिप्त परिचय अजय खड्काले प्रस्तुत गरे भने गायक इन्द्रजीत मिजारको परिचय हर्कु तामाङले प्रस्तुत गरेका थिए । स्मृति चिन्ह, दोसल्ला र नगत राशी कार्यक्रम अध्यक्ष, प्रमुख अतिथि र परिवार पक्षमा अजय श्रेष्ठको बाहुलीबाट गायक इन्द्रजीत मिजारलाई सम्मान अर्पण गरेका थिए ।
समाजसेवी जेठा सुब्बा, तिलक शर्मा, डुवर्स किराँत राई समाज संस्कृति साहित्य समितिका महासिचव प्रशान्त राई, दुर्गा थुलुङ, डुवर्स नेपाली साहित्य विकास समितिका सचिव रबिन खवास, आशबहादुर लिम्बू, सागर राई देवन मुर्तीकार क्रिपेन्द्र गुरूङ आदिकाे बहुल उपस्थिति रहेकाे यस कार्यक्रमलाई सुश्री जुली लामा, समाजसेवी पवन याल्मो, एम.एल.ए. विशाल लामा, एम. पि. मनोज तिग्गा, प्रमुख अतिथि डा शान्ति छेत्री आदिले सम्बोधन साथै शुभाकामना सम्भाषण राखेको थियो भने सम्पूर्ण कार्यक्रमलाई चन्दन भट्टराई र प्रदीप लामाले सञ्चालन गरेका थिए ।

याे पनि हेर्नुस्


Leave a comment