ख्येन रिन्पोछे साङ्ग्ये लोडोद्वारा पूर्वाञ्चल असमका गुम्बाहरूको भ्रमण

कालचिनीः अखिल भारतीय महायान बौद्ध म्हाणिपा संघका अध्यक्ष अनि मुल धर्मगुरु परम पुज्यनीय ख्येन रिन्पोछे साङ्ग्ये लोडोद्वारा असम राज्यको डिब्रुगड अनि तीनसुकिया जिल्लामा भ्रमण भएको जानकारी म्हाणिपा संघका महासचिव आचार्य साङ्ग्ये छ्योफेलले दिएका छन्। गत १३ र १४ फरवरीको दिन डिब्रुगड जिल्ला अन्तर्गत दिखारी नेपाली गाउँ, मराणस्थित झ्याङछुब छ्योइलिङ गुम्बाको रापने पूजा, प्रवचन अनि वाङको कार्यक्रम सम्पन्न भएको थियो भने त्यस पश्चात १५,१६ र १७ फरवरीको दिन तीनसुकिया जिल्ला अन्तर्गत पावइ- बनगाउँमा स्थित १९७४ सालमा स्थापित शाम्बा होईसेर गुम्बाको स्वर्ण जयन्ती समारोह र काङ्ग्युर पाठमा सहभागी भएको थियो।

ख्येन रिन्पोछे साङ्ग्ये लोडो
ख्येन रिन्पोछे साङ्ग्ये लोडो


दुवै कार्यक्रममा असम राज्यका विभिन्न क्षेत्रहरूबाट लामा धर्मगुरुगण, म्हाणिपा संघको सदस्यगण अनि बौद्ध धर्मावलम्बीहरूले भाग लिएर रिन्पोछेको धार्मिक प्रवचन, टाच्येद अनि वाङको लाभ प्राप्त गरेको थियो। गुम्बा भ्रमण कार्यक्रममा महासचिव आचार्य साङ्ग्ये छ्योफेल, सिक्किम राज्यका केन्द्रीय सदस्य डुब्ला दोनडुब लामा, असम गोलाघाट केन्द्रिय उपाध्यक्ष मनबहादुर मोक्तानले पनि सहभागिता जनाएका थियो। उपरोक्त कार्यक्रमहरूको आयोजना गर्ने धर्मगुरु निमा लामा,पदम तामाङ,सानु तामाङ,दिलकुमार मोक्तान, धर्मगुरु सत्यलाल लामा, गौतम तामाङ, केसब योन्जन, सलबहादुर ल्हो अनि सम्पूर्ण आयोजक समितिका सदस्यगणलाई संघको केन्द्रिय पक्षबाट धन्यवाद ज्ञापन महासचिव आचार्य साङ्ग्ये छ्योफेलले दिएका छन्।

याे पनि हेर्नुस्

Leave a comment