महिला श्रमिकले गरिन् आत्महत्या

कालचिनीः कालचिनी थाना अन्तर्गत डिमा चियाबारीको बीच लाइन निवासी एकजना आदिवासी श्रमिक महिला द्रौपदी नायक (३४) ले आफ्नै घरको कोठामा पासो लगाएर आत्महत्या गरेकी घटना प्रकासमा आएको छ। प्राप्त जानकारीअनुसार उक्त मृतक महिला कमानको काम गर्न जान्थे तर धेरै दिनदेखि रोगले थलिएको थियो।
शुक्रबार साँझ मात्र छिमेकीहरूले द्रौपदी नायकलाई कोठामा झुन्डिएको अवस्थामा देखेपछि यसको सूचना कालचिनी थानालाई दिएको थियो। घटनास्थलमा कालचिनी थानाको पुलिसबल पुगेर शवलाई उद्धार गरेको थियो। मृतकको शवलाई पोस्टमार्टमको निम्ति अलिपुरद्वार पठाएको पुलिस सुत्रले जनाएका छन्।

याे पनि हेर्नुस्

Leave a comment