केएलओ चीफ जीवन सिंहले फेरि जारी गऱ्यो भिडियो वार्ता

कालचिनीः कामतापुर लिबरेशन आर्गनाइजेशन अर्थात केएलओ चीफ जीवन सिंहले फेरि अज्ञात वासस्थानबाट एउटा भिडियो वार्ता जारी गरेको सोसियल मीडियाहरूमा भाइरल बनेको छ। कोच राजवंशीको न्याय अलग कामतापुर कोचबिहार राज्यको गठनले मात्र हुने भन्दै देशले आजादीको अमृत महोत्सव पालन गर्ने बेला राजवंशी कामतापुरी जनताले दाशत्वको जीवन जिउन परेकोले अब कामतापुर कोचबिहार राज्यको गठनको निम्ति निर्णायक लडाई लड्न सबै तयार बस्ने आह्वान केएलओ चीफ जीवन सिंहले भिडियो वार्ता मार्फत गरेका छन्।
उक्त भिडियो वार्तामा केएलओ चीफ जीवन सिंहले सन १९४९ साल २८ अगस्तमा स्वतन्त्र राष्ट्र कोचबिहारलाई संघीय गणराज्य भारतमा गाभ्ने काम भयो तर देशले ७५ वर्ष आजादीको उत्सव मनाइरहेको समय कोचबिहार तथा कामतापुरमा बस्ने कोच राजवंशीहरूलाई प्रवासी श्रमिकको जीवन बिताउन बाध्य भएको र देशमा दुई नम्बर नागरिकको दर्जा लिएर बस्न परेको अवस्था बयान गरेको छ।
कलकत्ते बाबुहरूले कोच राजवंशी कामतापुर राज्य तथा ग्रेटर कोचबिहार गठन गर्न नदिने वार्ता दिँदै आइरहेता पनि कोच राजवंशी कामतापुरीहरू वीर चीला रायको निडर सन्तान भएकोले आफ्नो अधिकार र स्वतन्त्रताको लडाई खुन दिएर लिएर पनि गर्ने र जम्मै अवहेलित आदिवासी, गोर्खा, बंगाली जम्मै जनसमुदायले साथ दिने अपील पनि केएलओ चीफ जीवन सिंहले उक्त भिडियो वार्ता मार्फत गरेका छन्।

याे पनि हेर्नुस्


Amazon

boAt Airdopes 125 TWS Earbuds

boAt Airdopes 125 TWS Earbuds with 50 hrs Playtime,Quad Mics with ENxᵀᴹ Tech,ASAPᵀᴹ Charging,IWPᵀᴹ Tech, BEASTᵀᴹ Mode with 50 ms Low Latency,BTv5.3, IPX5(Celestial White

Buy Now

add

Leave a comment