ड्रग्स विरुद्धको अभियानमा जयगाउँ थानालाई लगातार सफलता

भारत भोटाङ सीमान्त सहर जयगाउँमा बढ्दो नशालु अवैद्य लागु पदार्थ एवम् ड्रग्सको कारोबार

कालचिनीः भारत भोटाङ सीमान्त सहर जयगाउँमा बढ्दो नशालु अवैद्य लागु पदार्थ एवम् ड्रग्सको कारोबार रोक्न अलिपुरद्वार पुलिस अधीक्षक आईपीएस वाई रघुवंशीको निर्देशनमा जयगाउँ थानाको पुलिसबलले अभियान चलाउँदा सफलता हात लागिरहेको छ।
दुईवटा अभियान सफलता हात लागेपछि फेरि जयगाउँ थानाको पुलिसबलले जयगाउँ बहुबजार क्षेत्रको एउटा घरमा अभियान चलाएर १९ बोतल अवैध ठहर भएको कफ सीरपसहित अभियुक्तलाई पक्राउ गरेको छ। पक्रा परेका अभियुक्तको नाम पेम्बा शेर्पा रहेको पुलिसले जनाएका छन्।


उक्त अभियानको छानबीन अवधि जयगाउँ एसडीपीओ प्रशान्त देवनाथ, आईसी पाल्जोर भोटिया, जयगाउँ थानाका वर्तमान निरीक्षक अरुप वैद्यको उपस्थिति रहेको थियो भने म्याजिस्ट्रेटको उपस्थितिमा एनडीपीएस एक्ट अन्तर्गत मुद्दा दर्ता गरिएको र आरोपीलाई आइतवार अदालतमा पठाइने जनाएका छन्।

याे पनि हेर्नुस्

Amazon

Blaupunkt BTW100 LITE in Ear TWS Bluetooth Earbuds

Blaupunkt BTW100 LITE in Ear TWS Bluetooth Earbuds I HD Sound I Gaming Mode I Low Latency I 30H Playtime* I TurboVolt Charging I BT Version 5.3 I Intuitive Touch Controls (Blue)

Buy Now

Leave a comment