लोकसभा चुनाउअघि दलबदलको क्रम जारी

कालचिनीः आगामी १९ अप्रेलको दिन १८औँ लोकसभा चुनाउ सम्पन्न हुनेछ भने यसको तयारी निर्वाचन आयोगले सम्पूर्ण रूपमा गरिसकेको छ। यससितै राजनैतिक दलहरूले आ-आफ्नो प्रार्थीको समर्थनमा चुनाउ प्रचार युद्धस्तरमा गरिरहेको देखिएको छ।
यसै क्रममा अलिपुरद्वार लोकसभा केन्द्रमा तृणमूल र भाजपाले चुनाउ प्रचार चलाइरहेको क्रममा दलबदलको दृश्यहरू पनि परिलक्षित भएको छ। यस क्रममा शनिबार कालचिनी थाना लाइन र मोदी लाइनबाट प्रायः १५ परिवारले भाजपा र अन्य दलहरूलाई छाड्दै तृणमूलमा सामेल भएको तृणमूल कालचिनी ब्लक सभापति असिम पाख्रिनले जनाएका छन्।
यसअघि पनि ५० भन्दा अधिक परिवारले तृणमूलमा योगदान गरेको र जयगाउँ, दलसिंहपाड़ा, मलङ्गी, राजाभातखावा, साताली, लोथाबारी, मेन्दाबारी र चुवापाड़ा अञ्चलहरूबाट पनि योगदान भएको बताइएको छ। यसरी नै बीरपाड़ामा पनि तृणमूल युवा कंग्रेसको अलिपुरद्वार जिल्ला सभापति विशाल गुरुङको उपस्थितिमा प्रायः ४० परिवारले अन्य दल त्यागेर तृणमूलमा सामेल भएको बताइएको छ। यता भाजपा पनि यस दौडमा पछि नपरेको भाजपा कार्यकर्ताहरूले जनाएका छन्। जयगाउँ लगायत अन्य अञ्चलहरूमा तृणमूल छोड्दै भाजपामा योगदान गर्न आइरहेको भाजपा नेताहरूले जनाएका छन्।

याे पनि हेर्नुस्

Leave a comment