मेडिकल ओपीडीको आयोजना

मेडिकल ओपीडीको आयोजना


कालचिनी : एसएसबी ५३औँ वाहिनी सिमलाबारी-फालाकाटा (पश्चिम बङ्गाल) द्वारा नागरिक कल्याण कार्यक्रम अन्तर्गत कालचिनी खण्डको तोर्सा चिया बगान र खोकला बस्तीमा कमाण्डेन्ट विजय सिंहको निर्देशनमा उप-सीमा चौकी जयगाउँको कार्यक्षेत्रमा रहेको डा. धर्मराज ए. जे. सहायक कमाण्डेन्ट (मेडिकल) द्वारा मेडिकल ओपीडीको आयोजना गर्यो| जहाँ गाउँलेहरूको स्वास्थ्य परीक्षणपछि नि:शुल्क औषधि वितरण गरियो ।

स्वास्थ्य रहन अनुशासित जीवनशैली, पौष्टिक खाना र सरसफाइमा ध्यान दिन एसएसबीको पक्षबाट सुझाउ पनि दिइएको थियो।
उक्त मेडिकल ओपीडीमा जम्मा १५० जना गाउँलेहरू लाभान्वित भएका एसएसबी सूत्रले जनाएका छन्।

याे पनि हेर्नुस्


Leave a comment