मालबजारमा भानुभक्त आचार्यको सालिकको वेदी निर्माण कार्य शुरु

मालबजारमा १४ जुलाई भव्य रूपमा भानुभक्त जयन्ती पालन गरिने


 मालबजारः आर्थिक अभावको कारण मालबजार नेपाली युवा संघले निर्माण गर्दै गरेको आदिकवि भानुभक्त आचार्यको वेदी निर्माण कार्य थातीमा रहेको थियो। यस अपुरो वेदी निर्माण कार्यलाई माल नगरपालिकाले पुरा गरिदिने भएको छ। यसको निम्ति आजदेखि माल नगरपालिकाले वेदी निर्माण कार्य शुरु गरेको छ। जसले गर्दा मालबजारका नेपाली समाजका मानिसहरू धेरै खुशी छन् साथै माल नगरपालिका चियरमेन सपन साहाप्रति आभार व्यक्त गरेका छन्। आजदेखि शुरू भएको वेदी निर्माण कार्य आगामी १३ जुलाई आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको दिन पुरा गरिनेछ। त्यसैलाई मध्यनजर राखेर मालबजारमा यसपाली डुवर्स नेपाली साहित्य विकास समिति र मालबजार नेपाली समाजको आयोजनामा भव्य रूपमा भानुजयन्तीको तयारी पनि चलिरहेको छ।

१५ नम्बर वार्ड काउन्सिलर मिलन छेत्री
१५ नम्बर वार्ड काउन्सिलर मिलन छेत्री

 यस विषयमा १५ नम्बर वार्डका काउन्सिलर मिलन छेत्रीले भने, २०१९ सालमा यहाँ माल नगरपालिकाद्वारा भानुभक्त आचार्यको मूर्ति स्थापना गरेको थियो। तर त्यस समय कोरोना महामारी र कतिपय कारणले गर्दा मूर्तिलाई वेदी निर्माण गरेर राख्न सकिएको थिएन। समाजद्वारा नगरपालिकालाई  बारम्बार भानुभक्तको मूर्तिलाई वेदी निर्माण गरेर राखिदिने आवेदन गरिरहेको थियो। त्यसैले गर्दा आजदेखि माल नगरपालिकाद्वारा यहाँ वेदी निर्माणको कार्य शुरु भएको छ। आगामी भानुजयन्तीको दिन यो वेदी निर्माण कार्य पुरा हुनेछ। वेदी निर्माणको निम्ति माल नगरपालिकाको चियरमेन सपन साहालाई धन्यवाद दिँदै यसपाली भानु जयन्ती मालबजार भव्यरूपमा मनाउने छौँ भने।

मालबजार नेपाली समाजका प्रतिनिधि
मालबजार नेपाली समाजका प्रतिनिधि

मालबजार नेपाली युवा संघका सचिव गोपाल सुनारले भने, हामीले माल नगरपालिकाका चियरमेन सपन साहालाई मालबजारमा भानुभक्त आचार्यको मूर्ति स्थापना गरिदिने निवेदन गरेका थियौँ। तिनले २०१९ सालमा माल नगरपालिकाको तर्फबाट मालबजारस्थित बस स्टेण्डमा भानुभक्त आचार्यको सालिग राखिदिएको थियो। तर कोरोना महामारी र कतिपय कारणले गर्दा सालिकलाई वेदी निर्माण गरेर राख्न सकेको थिएन। हामीले चियरमेनलाई चाँडै एउटा वेदी निर्माण गरिदिने अनुरोध गर्दा तिनले यस पाली भानुजयन्तीमा वेदी निर्माण गरिदिने वाचा गरेका थिए।

निर्माण हुँदै गरेको भानुभक्त आचार्यको सालिगको वेदी निर्माण
निर्माण हुँदै गरेको भानुभक्त आचार्यको सालिकको वेदी निर्माण

जसको फलस्वरूप आजदेखि वेदी निर्माणको काम शुरु भएको छ। यसको निम्ति सम्पूर्ण नेपाली समाजको तर्फबाट नगरपालिकाका चियरमेन सपन साहालाई धन्यवाद जनाउँदछौँ। तिनले भने, यो वेदी चाँडै निर्माण हुनमा १५ नम्बर वार्डका काउन्सिलर मिलन छेत्रीको ठूलो सहयोग रहेको छ भने। आज वेदी निर्माण कार्य स्थलमा शिक्षक कृष्ण शर्मा, अजय थापा, भिम राई, दिपक दर्जी, कृष्ण छेत्री, नबिन थापा नेपाली युवा संघका सचिव गोपाल सुनार, सभापति गणेश थापा, समाजसेजी अजित पराजुली, १५ नम्बर वार्ड काउन्सिलर मिलन छेत्री, राजेश गुरुङ, सुभाष ठकुरी, उत्तम कार्की र मालबजार नेपाली समाजका मानिसहरूको उपस्थिति रहेको थियो।

याे पनि हेर्नुस्


Leave a comment