सिलगढी बुद्धिस्ट एसोसिएसनको नयाँ कमिटी गठन

सिलगढी बुद्धिस्ट एसोसिएसनको नयाँ कमिटी गठन


सिलगढीः सिलगढी बुद्धिस्ट एसोसिएसनको नयाँ कमिटी गठन भएको छ। गुरुङ बस्तीमा अवस्थित डोह ङाग छोइ खोर्लिङ गुम्बामा आज एसोसिएसनको महत्त्वपूर्ण सभा सम्पन्न भएको थियो। अध्यक्ष डीबी योञ्जनको अध्यक्षतामा सम्पन्न भएको आजको सभाले वर्ष २०२४-२०२७ सम्मको लागि नयाँ समिति गठन गरिएको छ। तीन वर्षको कार्यकालको लागि आज चयन गरिएको नयाँ समितिको अध्यक्ष पदमा डीबी योञ्जनलाई नै चयन गरिएको छ भने उपाध्यक्षको पदमा विष्णु लामा, कृष्ण लामा (पेम्बा) अनि महेन्द्रकुमार लामालाई चयन गरिएको छ। बैठकले सचिवको पदमा फुर्बाछिरिङ योञ्जनलाई चयन गरिएको छ भने सहसचिवको पदभर पृथ्वीराज ग्यावकलाई सुम्पिएको छ। सहायक सचिवको पदमा किशोर कुमार लामालाई चयन गरिएको छ। बैठकले कैलाश शेर्पालाई कोषाध्यक्षको पदमा चयन गरिएको छ भने सह कोषाध्यक्षमा जितेन लामालाई चयन गरिएको छ। समितिको अडिटरको पदमा पासाङ शेर्पा रहेका छन्। आज गठन भएको एसोसिएसनको नयाँ कमिटीले आगामी तीन वर्षसम्म गुम्बाको देखरेख र विकासमा काम गर्ने अध्यक्ष डीबी योञ्जनले जनाएका छन्।

आजको बैठकले त्रिचालीस जनाको कार्यकारिणी समिति पनि गठन गरेको अध्यक्ष योञ्जनले जनाए। उनले भने – ‘आजको बैठकले फेरि पनि मेरो काँधमा अध्यक्षको जिम्मेवारी थपिदियो, बैठकको यो निर्णयलाई म सहर्ष स्वीकार गर्दछु। हुन त यतिका वर्षसम्म अध्यक्ष पदमा रहे बापत, यस पदमा कोही नयाँ व्यक्ति हुनु पर्छ, भन्ने मलाई लागेको थियो। किन कि लामो समयसम्म एउटै व्यक्ति एउटै पदमा बसिरहनु युक्ति सङ्गत हुँदैन भन्ने मेरो विचार छ। तर आइपरेको जिम्मेवारी देखि भाग्नु पनि म सक्दिनँ। त्यसैले विगतको अनुभवहरूबाट शिक्षा लिँदै, नयाँ समितिको सल्लाह सुझाव अनुसार सिलगढी बुद्धिस्ट एसोसिएसनलाई प्रगतिको दिशामा लैजाने मेरो अठोट रहने छ’।

याे पनि हेर्नुस्


Leave a comment