मौरी पालन प्रशिक्षणको शुभारम्भ

कालचिनीः एसएसबी ३४ वाहिनीको आयोजना तथा कृषी विज्ञान केन्द्र पुन्डीबारीको सहयोगितामा सोमबारदेखि कोचबिहार जिल्लाको पुन्डीबारी स्थित कृषी विज्ञान केन्द्रको परिसरमा एसएसबी ३४ वाहिनीको सीमा क्षेत्रका २५ जना युवाहरूलाई समेटेर मौरी पालन प्रशिक्षणको शुभारम्भ गरिएको जानकारी प्राप्त भएको छ। यस अघि पनि कृषि विज्ञान केन्द्र पुन्डीबारीको सहयोगितामा कुखुरा पालन, मौरी पालन,च्याउ खेती, भर्मी कम्पोस्ट आदिको प्रशिक्षण एसएसबीले सम्पन्न गरेको बताएको छ। एसएसबी ३४ वाहिनीको कमान्डेन्ट मनोज कुमार चन्दको दिशानिर्देशमा सम्पन्न सो प्रशिक्षणको शुभारम्भमा द्वितीय कमान अधिकारी पवन कुमार, उपकमान्डेन्ट राजीव राणा, कृषी विज्ञान केन्द्रको निर्देशक डा. प्रभात कुमार पाल, सहायक निर्देशक तथा वैज्ञानिक डा. विकास राय, कोर्स कोर्डिनेटर डा. सुरज सरकार लगायत अन्यान्य प्रशिक्षकगणको उपस्थिति रहेको थियो भने मौरी पालनको महत्वबारे प्रशिक्षार्थीहरूलाई बताइएको थियो।
यस अवसरमा एसएसबी ३४ वाहिनी अलिपुरद्वारले सीमा क्षेत्रका बेरोजगार युवा युवतीहरूलाई नागरिक कल्याण कार्यक्रम अन्तर्गत टेलरिङ, ब्युटिशियन, इलेक्ट्रिशियन, कम्प्यूटर प्रशिक्षण, मौरी पालन, सोलर लाइट मरम्मती आदि प्रशिक्षण दिँदै आइरहेको र स्वरोजगार बन्ने दिशामा सीमान्त गाउँलेहरू पनि देशको विकाससँगै अघि बढोस् भन्ने भावना एसएसबीको रहेको एसएसबी ३४ वाहिनीका कमान्डिङ अफिसर पवन कुमारले प्रशिक्षणप्राप्त युवाहरू स्वनिर्भर बनोस् भन्ने अभियानमा लागि परेको र नागरिक कल्याण कार्यक्रम अन्तर्गत यसप्रकारको सहयोग जारी रहने बताए।

याे पनि हेर्नुस्

Leave a comment