नदीले कमानको चियापती सेक्सन क्षति गरेकोमा चिन्तित

कालचिनीः कालचिनी खण्डको भारत भोटाङ सीमान्तमा अवस्थित सेन्ट्रल डुवर्स चियाबारीको बासरा डिभिजनस्थित चियापती सेक्सनहरूलाई बासरा नदीको भङ्गालो पसेर क्षति पुऱ्याएकोमा सेन्ट्रल डुवर्स चियाबारीको प्रबन्धनपक्ष चिन्तित बनेका छन्।
जिल्ला प्रशासनसमक्ष कमान प्रबन्धनपक्षले वर्षाकाल शुरु हुन अघिदेखि नै नदीको कटाउ रोक्न काम गरिदिने निवेदन गरेको भए तापनि सम्बन्धित पक्षबाट काम नभएको र कमान प्रबन्धनपक्षले नदीको कटाउ रोक्न बाँध लगाउने काम गरे तापनि हाल नदीले कमानको सेक्सन हुँदै बाटो बनाएर प्रोडक्शन सेक्सन क्षतिग्रस्त बनाएको सेन्ट्रल डुवर्स चियाबारीको सिनियर म्यानेजर सान्तानु वसुले जनाएका छन्।
यदि यस्तै हाल रहे कमानको धेरै सेक्सनहरू नदीको गर्भमा समाहित हुने प्रबन्धनपक्षले आशङ्का व्यक्त गरेका छन्।

Leave a comment