हाँसीमारा हिन्दी हाइस्कूलमा डिजिटल कक्षासितै स्मार्ट टोइलेटको उद्घाटन

कालचिनीः कालचिनी खण्डको हाँसीमारा हिन्दी हाइस्कूलमा डिजिटल कक्षासितै छात्राहरूको निम्ति स्मार्ट टोइलेटको उद्घाटन भएको जानकारी सो स्कूलका शिक्षकहरूले जनाएका छन्। हाँसीमारा हिन्दी हाइस्कूलका प्रधानाध्यापक सर्बिन थापा, स्कूल सञ्चालन कमिटीका सभापति राजकमल भगत, मलङ्गी ग्राम पञ्चायतका प्रधान रञ्जिता सुत्रधर एवम् शिक्षकगणको उपस्थितिमा उक्त डिजिटल कक्षा र स्मार्ट गर्ल्स टोइलेटको उद्घाटन गरिएको बताइएको छ।


दीर्घ दिनदेखि सो स्कूलमा डिजिटल कक्षा आरम्भ गर्ने तयारी चल्दै आइरहेको थियो भने अहिले आएर डिजिटल कक्षासितै स्मार्ट गर्ल्स टोइलेटको उद्घाटन भएको शिक्षकहरुले जनाएका छन्। अर्कोतिर यसै अवसरमा स्कूलका माध्यमिक अनि उच्च माध्यामिक परीक्षामा सफलता हासिल गर्ने विद्यार्थीहरूलाई सम्वर्द्धना पनि जनाइएको थियो।

याे पनि हेर्नुस्


Leave a comment