नामाङ्कन दर्ता गर्न जाँदा दुई विपक्षी प्रार्थीको एकअर्कासँग भेट

दुई विपक्षी प्रार्थी बीच जम्का भेट

कालचिनी : शुक्रबार अलिपुरद्वार जिल्ला प्रशासनिक कार्यालय डुवर्स कन्यामा आ-आफ्नो नामाङ्कन जमा गर्न जाँदा तृणमूल अलिपुरद्वार लोकसभा केन्द्रको प्रार्थी प्रकास चीक बढ़ाईक र भाजपा अलिपुरद्वार लोकसभा प्रार्थी मनोज तिग्गाबीच सौहार्दपूर्ण जम्काभेट भयो। दुवै प्रार्थीले एक अर्कालाई हात मिलाएर हँसिलो मुहारले अभिवादन गरेको थियो। दुवैले आ-आफ्नो नामाङ्कन पत्र जमा गर्न जाने क्रममा यसरी भएको भेटघाटबारे राजनैतिक रूपमा लडाई एउटा जग्गामा र मानवताको सम्बन्ध आफ्नो ठाउँमा भनि पत्रकारहरूलाई बताएका छन्। भाजपा प्रार्थी मनोज तिग्गाले जीत र हारको फसेला जनताले गर्ने र जनताको आशीर्वादले नै सबै कुराको तय गर्ने र आफ्नो जीतप्रति आफू सुनिश्चित रहेको बताए। त्यहीँ अर्कोतिर तृणमूल प्रार्थी प्रकास चीक बढ़ाईकले पनि जनताको आशीर्वाद आफूसित रहेको र यो चुनाउ माँ, माटी र मानुसको सरकारले गरेको विकासको काममा आधारित रहेको बताए।

नामाङ्कन दर्ता गर्न जाँदा दुई विपक्षी प्रार्थीको एकअर्कासँग भेट
दुई विपक्षी प्रार्थीको जम्का भेट


उक्त सौहार्दपूर्ण जम्काभेटमा भाजपा प्रार्थी मनोज तिग्गाले तृणमूल प्रार्थीसँग रहेको तृणमूलका विशिष्ट नेता मृदुल गोस्वामीलाई पनि झुकेर आशीर्वाद लिएको थियो। राजनैतिक मैदानमा चुनाउको प्रचारमा एक अर्कालाई आलोचना गर्ने दुवै विपक्षी प्रार्थीहरूले नामाङ्कन केन्द्रमा हँसिलो मुहारले अभिवादन गर्दा माहौल शान्त अनि सौम्य देखिएको थियो।

Leave a comment