नेपाली साहित्य प्रतिष्ठान डुवर्सद्वारा कवि हरिभक्त कटुवाल जयन्ती पालन गरे

नेपाली साहित्य प्रतिष्ठान डुवर्स द्वारा विधिवत हरिभक्त कटुवाल जयन्ती पालन गरे।


दलसिंहपाडा : नेपाली साहित्य प्रतिष्ठान डुवर्सद्वारा आज हरिभक्त कटुवालको ८९ औँ जन्म जयन्ती तुर्सा टिजी प्राइमरी स्कुल परिसरमा रहेको कवि हरिभक्त कटुवालकाे सालिकमा पुष्पमाला, खदा अर्पण गरी विधिवत पालन गरे। तुर्सा टिजी प्राइमरी स्कुलका विद्यार्थीहरूद्वारा कवि हरिभक्त कटुवालद्वारा रचित कविता पाठ गरी कटुवाल जयन्ती पालन गरेका थिए। नेपाली साहित्य प्रतिष्ठान डुवर्सका केही पदाधिकारी उपस्थित रहेका थिए भने टिजी प्राइमेरी स्कुलका विद्यार्थीहरूको उपस्थित रहेको कवि हरिभक्त कटुवाल जन्म जयन्तीमा विद्यार्थीहरूलाई मिठाई साथै जेहेन्दार विद्यार्थीहरूलाई आवश्यक कपी प्रतिष्ठानको तर्फबाट वितरण गरे।

विगत वर्षहरूमा कवि हरिभक्त कटुवालका जन्मजयन्ती धुमधामले मनाएतापनि यस वर्ष भने निरन्तर झरी परेकोले गर्दा भव्य कार्यक्रम गर्न नसकेको र आगामी दिनहरूमा प्रतिष्ठानले कवि हरिभक्त कटुवालकाे स्मृति कार्यक्रम गर्नेछ भने प्रतिष्ठानका सचिव लभकुमार भुजेलले जानकारी गराए। छोटो अवधिमा रहेको विधिवत कवि हरिभक्त कटुवाल जयन्तीमा तुर्सा टिजी प्राइमेरी स्कुलका चौथो कक्षाका विद्यार्थी सारिका क्षेत्रीले हरिभक्त कटुवालका यो जिन्दगी खै के जिन्दगी शीर्षकका कविता पाठ गरे भने प्रिन्स राईले रहर कविता पाठ गरेका थिए।

याे पनि हेर्नुस्


Leave a comment