अलिपुरद्वार डीआई र चेयरमेनलाई ज्ञापन


अलिपुरद्वारः डुवर्सको अलिपुरद्वार जिल्लाका केही संघ संस्थाहरूले आउँदो १३ जुलाई आदिकवि भानुभक्त आयार्यको जयन्ती पालन गर्न यस जिल्लाका विद्यालय विशेष रूपले नेपाली माध्यमका विद्यालयहरूमा किन जिल्लाबाट अनुमोदन प्रदान गरिएन भन्ने विषयलाई लिएर डीपीएससी चेयरमेन परितोष वर्मण र डीआईअफ स्कुल सुजित सरकारलाई हाम्रो समाज बिरपाडा तथा डुवर्स नेपाली साहित्य सभाद्वारा ज्ञापन पत्र दिइयो। हाम्रो समाज तथा डुवर्स नेपाली साहित्य सभाद्वय संस्थाबाट क्रमैले कृष्णबहादुर श्रेष्ठ, किरण उपाध्याय, हर्कु तामाङ, बुद्धिमान तामाङ तथा शिवराज थापाले ज्ञापन पत्रको साथमा पुरानो स्कुल क्यालेन्डर जसमा यो दिनलाई पालनीय हिसाबले अनुमोदन गरिएको कपी पनि दिए।

सरकारले कालेबुङ र दार्जीलिङ जिल्लामा यो दिनलाई सरकारी छुट्टी भनि घोषणा गर्न सक्छ भने एउटै भाषा बोल्ने यहाँका नेपाली भाषीलाई पालनीय हिसाबले पनि किन सरकारले घोषणा गर्न सक्तैन भनि कृष्ण श्रेष्ठले प्रश्न गरे भने जलपाइगढीमा यो दिनलाई पालनीय भनेर अनुमोदन छ तर यस जिल्लामा गत दुई वर्षदेखि स्कुलको क्यालेन्डरबाट किन हटाइयो भनेर किरण उपाध्यायले थप प्रश्न गरे। दुवै अधिकारीले यस विषयलाई लिएर चाँडै कलकत्ता गई समाधानको निम्ति प्रयास गरिदिने आश्वासन दिएको जानकारी हर्कु तामाङले दिएका छन्।

याे पनि हेर्नुस्


Leave a comment