पञ्चायत समितिको साधारण सभा सम्पन्न


गोरुबथान खण्ड बाइफरकेशनको निम्ति कमिटी गठन

गोरुबथानः गोरुबथान खण्ड पञ्चायत समितिको साधारण सभा बीएडीपी हलमा मङ्गलवार सम्पन्न भयो। सभामा खण्ड विकाश अधिकारी , पञ्चायत समिति सभापति सूर्यमणि राई, सहकारी सभापति, कर्माध्यक्ष, विपक्षी नेतृ, सदस्यलगायत पञ्चायत प्रधानहरूको विशेष उपस्थिति रहेको थियो। सभामा विशेष गोरुबथान बाइफरकेशन लिएर एक कमिटी गठन गरियो। कमिटीमा सहकारी सभापति सोनाम भुटिया, विपक्ष नेतृ हेमा राई र प्रधानबाट निमा लामा गोरुबथान जीपी एक अनि खण्ड कार्यालयबाट दुईजना अधिकारीलाई चयन गरियो। उक्त कमिटीले अब गोरुबथान खण्ड बाइफरकेशनको निम्ति कार्य गर्नेछ।

पञ्चायत समितिको साधारण सभा
पञ्चायत समितिको साधारण सभा


स्मरण रहोस्, २०१७ को १४ फरवरीको दिन राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले कालेबुङलाई जिल्ला घोषित गरेपछि गोरुबथानलाई महकुमा अनि गोरुबथान खण्डलाई दुइवटा खण्ड बनाउने प्रस्ताव अघि बढेको थियो। तर आधिकारिक रूपमा यो कार्य भएको छैन। तसर्थ अब यसलाई अघि बढाउन आज कमिटी गठन गरियो। जसले गोरुबथान खण्डको बाइफरकेशनको कार्य गर्नेछ।

याे पनि हेर्नुस्

Leave a comment