पाेस्टर र लात भाग-६

प्रदीप गुरूङकृत सूत्र उपन्यास पाेस्टर र लात : भाग – ६

५१. मानसिक बस्तु

‘नैतिकता’ नामको एउटा मानसिक बस्तु बाटामा लावारिश भएर लडिरहेको उसले देखो। ‘त्यो’ बालक जस्तो छात्ती पिटी पिटी रोई रहेथ्यो। नैतिकता भूइँदेखि उठेर फेरि मानिसहरूको मस्तिष्कको सोपानमा चढी आफ्नो पुरानो गौरव कायम गर्न चाहन्थ्यो। तर सामाजिक, धार्मिक, राजनैतिक फोहोरको आवरणले रक्षा कवच बेह्रेर मानिसहरू प्रत्येक ठाउँबाट नैतिकतालाई दुत्कारी रहन्थे।

सूत्र उपन्यासकार प्रदीप गुरूङ
सूत्र उपन्यासकार प्रदीप गुरूङ

धार्मिक नैतिकताको हिमायतीले आएर जानकारी दियो- ‘एकजना साधुबाबा कमण्डलमा अण्डोम लिएर गाउँ पसेको छ। गाउँका अबोध बालाहरू शिकार बन्न सक्छन् ।’

गाउँकै धुलोमा लडीबडी गर्दै नैतिकता नामको मानसिक बस्तु फेरि रूयो।

शैक्षिक नैतिकताको अर्को हिमायती आएर त्यस्तै सुनायो- ‘शहरको एक विद्यालयको शिक्षकले आफ्नै छात्रालाई बलात्कार गर्यो।

छात्रावासको छप्परमाथि चढेर फेरि नैतिकता रूयो।

राजनैतिक मामलाको हिमायतीले अर्कै घोषणा गयो ‘भ्रष्ट नेताले कागजभित्र दुई करोडको सार्वजनिक भवन र सडक एकै रातमा निर्माण गर्यो। नेताले के घोषणा गरेको छ भने यस्तो सीमित बजेटको मामलामा ऊ अन्य नेताहरूभन्दा धेरै अयोग्य व्यक्ति हो।’

नैतिकता नामको त्यो मानसिक बस्तु एकाएक अस्वाभाविक भएर गाउँदेखि शहरका नागरिकहरूलाई चुनौती दिँदै करायो- ‘ए अनैतिकताका दलालहरू हो ! मेरो हत्या गर। मलाई लुट र ममाथि मोज गर।’

५२. शान्तिको खोजीमा बुद्ध

एक रात ऊ फेरि सपना-सदनमा पस्यो ।

सपनामा उसले बुद्धलाई देख्यो। बुद्धलाई पाएर सपना पनि ऊसँगै रमाई रहेकी थिई । तर बुद्ध भने पटक्कै रमाएका थिएनन्। ‘शान्ति, शान्ति’ भन्दै बुद्ध कराइरहेका थिए। रोइरहेका थिए। तर शान्ति बुद्धको अघि अघि भाग्दै जाँदै थियो।

शान्तिलाई पछ्‌याउँदै बुद्ध एउटा देशमा पुगे। त्यो एउटा आदिम देश थियो- बर्बरताले भरिएको। त्यहाँ आकाश छुने एउटा ठूलो प्रतिमा थियो। आफ्नै प्रतिमा देखेर बुद्ध छक्क पनि परिरहेका थिए।

तर त्यहाँ आदिम गुफाबाट तोप र गोला बारूद लिएर एक हूल आततायीहरू कराउँदै आए र तोपको मोहोरा फर्काएर प्रतिमालाई उडाए।

शान्ति त्यहाँदेखि पनि भयभीत भई भाग्दै गयो। भूइँमा ढलेको आफ्नो प्रतिमाको दुर्दशा हेर्दै बुद्ध रूनसम्म रोए। बुद्धसँगै शान्तिको नाममा ऊ पनि रून थाल्यो।

पाेस्टर रलात
पाेस्टर र लात

५३. कञ्चनजङ्घा

सपनामा उसले कञ्चनजङ्घा रोएको देख्यो।

हिमाल रोएको घटना पनि विश्वमा एउटा नवीनतम् घटना हो। तर दुई पट्टि वलिन्द्र आँसु बहाएर कञ्चनजङ्घा रोएको रोएकै थियो। पर्यावरणविद् भएर उसले सोंच्यो – प्रदुषणको शिकार हुन पर्दा रोएको होला हिमाल । अस्तित्ववादी भएर सोंच्यो – अस्तित्वका सेता ढिकाहरू पग्लदा सायद रोएको हुँदो हो कञ्चनजङ्घा।

उसले सोध्यो ‘ए मेरो सौम्य शान्त हिमाल ! तिमी किन यसरी रूँदैछौ?’ कञ्चनज‌ङ्घाले भन्यो- ‘बङ्गोप सागर हेरी हेरी म रूँदैछु।’

‘बङ्गोप सागर र तिमीमाझ सयौं माइलको दुरत्व छ। तर तिमी रून पर्ने कारणमा  वास्तविकता के हो?’

‘राजनैतिक प्रदुषणको ज्वार-भाटा त्यहाँबाट मैतिर उर्लन लागेको देख्ता म रोएको हुँ। मेरो अस्तित्वलाई बहुसङ्ख्यक राजनैतिक तापक्रमद्वारा पगालेर मलाई त्यहीं समाहित पार्ने षड्यन्त्रमा ती लागेका छन् ।’

कञ्चनजङ्घाको रोदन अझ बढ्यो ।

ऊ पनि आफूलाई थाम्न नसकी हिमालसँगै रून थाल्यो ।

५४ मृत्युको हत्या

उसको निम्ति संसारमा सबैभन्दा घृणित बस्तु हो- मृत्यु। मात्र जीवन अनि जीवन चाहिन्छ उसलाई। यसर्थ, ऊ जीवनलाई खुब प्रेम गर्छ। मृत्युलाई ऊ जीवनको कट्टर शत्रु साना र मृत्युको अस्तित्वलाई संसारबाट नामेट पार्न चाहन्छ। एक दिन उसले मृत्युको हचा पर्ने योजना बनायो। मृत्युको हत्या गरेर ऊ संसारमा नयाँ किर्तीमान कायम गर्ने सुरमा छ। यसर्थ, ऊ हतियार लिएर मृत्युसँग भिडिन गयो। तर मृत्युको शक्ति यति अपार थियो कि ऊ अन्ततः लाचार बन्यो।

भोलिपल्टदेखि उसका शुभचिन्तकहरू अस्पतालमा आउन थाले।

५५. आतङ्क

फेरि ऊ सपना-सदनतिर लाग्यो। त्यहाँ उसले ध्रुवचन्द्र गौतमलाई देख्यो। परिचयको सिलसिला बढ़ाउन ऊ तिनकै छेउ पुग्यो। गौतम अति गम्भीर र पीडित देखिए। यस्ता चर्चित प्रयोगवादी उपन्यासकारलाई देख्दा एक छिन उसलाई महान् गर्व अनुभव भइरह्यो। तर गौतमजी अझ गम्भीर भए। अन्तमा उसले सोध्यो- ‘तपाईं किन गम्भीर र निराश देखिनु हुन्छ?’

उपन्यासकार गौतम बोले – ‘म फूलद्वारा अति आतङ्कित छु। ‘ फूलजस्तो बस्तुबाट तपाई आतङ्कित बन्नु पर्ने कारण के छ?’ उसले निर्धक्क सोध्यो । ‘एक्काइसौं शताब्दीको फूलमा प्राकृतिकता छैन। कम्प्यूटरको भाइरसले यसलाई पनि भेटिसकेको छ। त्यो भाइरस मानिसमा सङ्क्रमित भए त्यसको परिणाम कस्तो होला?’ उपन्यासकार गौतमको प्रत्युत्तरमा ऊ अर्कै बोल्यो ‘गौतम सा’ब, तपाईंले आफूलाई हामीभन्दा धेरै भाग्यशाली ठान्नु पर्छ।’

‘मतलव?’

मतलब हामी त शुरुदेखि नै काँडाको आतङ्कबाट आतङ्कित छौँ। यस अर्थमा तपाईं हामीभन्दा धेरै भाग्यशाली हुनु हुन्छ।’

भनिसकेर उसले आफूलाई गौतमभन्दा गौरवशाली ठान्यो।

५६. लागत-खर्च

नेताले भाषण गर्ने मञ्चको लागत खर्च कति होला? उसले आफैलाई सोध्यो । तर यसको उत्तर ऊसँग थिएन। उत्तरको निम्ति ऊ त्यही बाटो छेउ बस्ने अपङ्ग माड्‌ने कहाँ गएर। सोध्न लाग्यो।

“हेर म तिमीलाई यो दश रुपियाँ दिन्छु। यो मञ्च निर्माण भएको तिमीले यहाँबाट बसी बसी देखेको छौ। यसको निर्माणमा कति खर्च लाग्यो होला? मलाई बताऊ।’ माड्‌नेले रुपियाँ समाएर बैसाखी टेक्दै उसलाई भन्यो- ‘तपाईं एक छिन पर्खनु होस्।

म एक पटक ठेकेदारलाई सोधेर आउँछु।’

५७. देशको लुतो

लुतो सङ्क्रमित देशले पिठ्यूँ उसको सामू राखेर करायो- ‘तिमी देशको ईमान्दार नागरिक हौ भने तिमी मेरो लुतो कन्याउन लाग।’

ऊ देशको पिठ्यूँमा लुतो कन्याउन थाल्यो र पिठ्यूँमा सङ्क्रमित लुतोको प्रजाति छुट्याउन थाल्यो।

पहिलो लुतो लाल फिता शाही साँठगाँठको लुतो।

दोस्रो लुतो – नेताहरूको हाक्काहाकी घुस-सुतो।

तेस्रो लुतो – गैर-सरकारी सङ्गठनमार्फत् हडपिने मोटो रकमको लुतो।

चौथो लुतो – अधिकारीदेखि किरानीसम्म टेबल मुनि चल्ने लिफा-लुतो ।

देशको पिठ्यूँ कन्याई सक्न एक युग लाग्न सक्ने सम्भावनालाई पन्साएर ऊ भोलिपल्ट कार्यालय गयो। एउटा दाउ आयो र उसले पनि टेबल मुनि लिफा थाप्यो। सायद लुतोको सङ्क्रमणमा ऊ पनि पर्यो।

८. फरेन एड्स

केही श्रीमतीहरूका श्रीमान् एक क्षेत्रिय नेता क्षेत्रिय प्रशासनको पर्यटनसँग संलग्न रहेकाले तिनी माऊ नेतासँग विदेश भ्रमण गए। पहाडकी रानीलाई पर्यटकीय बनाउन स्त्री माऊ नेतासँग विदेशमा एक महीनासम्म भौतारिए। रङ्गमिजासी यी नेताको बारेमा समले सोध्यो- यी नेताले आर्थिक सहयोगको प्रसङ्गमा र रोग सङ्क्रमणको प्रसङ्गमा अब कस्तो एड्‌स ल्याउने हुन् ?

. अप्राकृतिक

  • – हेलोजिन लाइटले अन्धकार खेद्न छप्पा छप्पा मार्यो।
  • – पोल्ट्री फार्मभरि कारिन्दाहरूको व्यस्तता चौबिसौं घण्टा रह्यो। बिजुलीको निर्वाध सेतो अतिक्रमणले दिन र रातको सीमाङ्कन गर्न नसक्ने भए फार्मका पोल्ट्रीहरू । ब्रोइलर भालेहरू पनि बास्नै सकेनन् । कृत्रिम वातावरण र कृत्रिम खाद्य प्रणालीले ती भालेहरूको प्राकृतिक गुणको निष्पादन हुनै सकेन। तर गाउँका प्राकृतिक भालेहरू बास्दा बोइलर भालेहरूमा पनि बास्ने प्रतियोगितात्मक भावनाको वृद्धि भयो। बास्ने प्रयासमा समयको ठूलो हिस्सा खेरो गयो। अन्ततोगत्वा बोइलरमा वसाइको वाक्के फुट्यो। तर त्यो वसाइ मध्य रातको प्रहरमा पर्यो। बास्ने परम्परा बिग्रह भएको हुँदा गाउँका भालेहरू चाहिँ त्यो प्रहरमा रून थाले।

‘लोदर।’ गाउँको रूढी वृद्ध स्वर मध्य रातमा खोक्दै रिसाएको उसले सुन्यो- ‘भोलि बिहान यसलाई नमासी भएन ।’

प्राकृतिक भालेको सम्भावित हत्या बुझ्दा ऊ हुनसम्म त्रसित बन्यो।

६०. असमर्थता

ऊ आज मलामी जानै सकेन। किनकि हिज राति सपनामा नै उसको मृत्यु भइसकेको थियो।

याे पनि हेर्नुस्

Please Do Like, Comment, Share & Subscribe

Amazon

smashtronics® – Collar Microphone

smashtronics® – Collar Microphone for Recording YouTube/Instagram/Live Streaming for iPhone/Android (SM100 – Microphone + TRRS Adapter + Extender Cable + Pouch)

Buy Now

Leave a comment