प्रसिद्ध होलोङ फरेस्ट टूरिस्ट लज जलेर स्वाहा

प्रसिद्ध होलोङ फरेस्ट टूरिस्ट लज जलेर स्वाहा : कसैको ज्यान गएकाे छैन


कालचिनी : डुवर्सको मदारीहाटस्थित जलदापाडा नेशनल पार्कमा अवस्थित प्रसिद्ध होलोङ फरेस्ट टूरिस्ट लज अचानक जलेर स्वाहा भएको खबर प्राप्त भएको छ।
मंगलाबार राती प्रायः ९-१० बजेको अन्तरालमा अचानक होलोङ फरेस्ट टूरिस्ट लजमा दनदनती आगो लागेको स्थानीय बासिन्दाहरूले देखेपछि चारैतिर यसको खबर फैलिन पुगेको थियो भने हाँसीमारा, अलिपुरद्वार र जयगाउँबाट पुगेका दमकलले पनि आगो नियन्त्रणमा लिन नसकेको बताइएको छ।


समाचार लेखुन्जेलसम्म उक्त आगलागीमा कसैको ज्यान नगएको बताइएको छ भने आगो नियन्त्रणमा ल्याउन हरसम्भव प्रयास चलिरहेको छ।
ज्ञात रहोस् होलेङ फरेस्ट टूरिस्ट लजको आफ्नै गरिमा रहेको छ भने यस लजमा राज्यको भीआईपीहरुको निम्ति मात्र आगमन हुँदै आईरहेको थियो।
बाममोर्चा पालामा तत्कालीन मुख्यमन्त्री ज्योति बसु र बुद्धदेव भट्टाचार्य डुवर्स आउँदा यसै बङ्गलोमा बस्ने गर्थ्यो।
आगो के कारणले लाग्यो यसबारे सठीक केही जानकारी नपाएता पनि सम्भवतः एसीमा बिजुली सर्ट अथवा सर्ट सर्किटले आगो लागेको हुनसक्ने अनुमान लगाइएको छ।
उल्लेखनीय छ, यस्तै प्रसिद्धी बोकेका बक्सा ब्याघ्र प्रकल्प अधीनस्थ जयन्ती नदी संलग्न रहेका काठले निर्मित जयन्ती बन बङ्ग्लो पनि विगत २०११ सालको जुन महीनामा राती आगो लागेर स्वाहा भएको थियो।

याे पनि हेर्नुस्


Leave a comment