राइमाटाङ चियाबारीको श्रमिकहरूले पाए जमीनको पट्टा

कालचिनीः राज्यको मुख्यमन्त्री ममता ब्यानर्जीले गरेकी वाचा अनुरूप उत्तरबंगालका सम्पूर्ण चियाबारी श्रमिकहरूको निम्ति जमीनको पट्टा वितरण भइरहेको क्रममा शुक्रबार कालचिनी खण्डको राइमाटाङ चियाबारीमा जमीनको पट्टा वितरण भयो।
जिल्ला अनि ब्लक प्रशासनको भूमि औ भूमि राजस्व विभागका अधिकारीहरू उपस्थितिमा सर्वेक्षण भइसकेका श्रमिकहरूको नामको पट्टा आज वितरण भइरहेको सम्बन्धित अधिकारीहरूले जनाएका छन्। पट्टा वितरणको अवसरमा अतिथिको रुपमा आएका जेडीए चेयरम्यान गंगाप्रसाद शर्माले राज्य सरकारले जुन आश्वासन र घोषणा गर्छन् त्यो सबै पुरा गर्दै आइरहेको बताउँदै चिया श्रमिकहरूको निम्ति आजसम्म कल्याणकारी पाइला मुख्यमन्त्री ममता ब्यानर्जीले चाल्दै आएको र यसै क्रममा चिया श्रमिकहरूको रोज वृद्धि २५० रुपियाँसम्म गरेकी एवम् चियाबारी श्रमिकहरूलाई जमीनको पट्टा दिने वाचा गरे अनुसार सर्वेक्षण भएका कमान बासिन्दाहरूलाई पट्टा प्रदान गरिरहेको जनाएका छन्।
बल्ल बल्ल चियाकमान बासिन्दाहरूले पाइरहेको पट्टामाथि विरोधी भाजपाले जनतालाई भूल बुझाइरहेको तर जबकी पट्टा केवल ५ डेसिमल नभएर जसको जति हकमा जमीन छन् त्यति नै पाइरहेको पनि अवगत गराएका छन्। सो अवसरमा अतिथिको रुपमा आएका तृणमूल कालचिनी ब्लक सभापति असिम पाख्रिनले पनि लगभग १५० वर्षपछि चियाबारी श्रमिक र यहाँका बासिन्दाहरूले जमीनको मालिकाना हक पाइरहेकोमा मुख्यमन्त्री ममता ब्यानर्जी धन्यवादको पात्र रहेकी जनाएका छन्। विगतको कुनै पनि सरकारले चिया श्रमिकहरूको निम्ति इमान्दारीताको साथ कुनै काम नगरेको जबकी मुख्यमन्त्री ममता ब्यानर्जीले सत्तामा आउने बित्तिकै चिया श्रमिकहरूको रोज वृद्धि ६९ बाट २५० गरेकी र अहिले जमीनको पट्टा पनि दिइरहेको असिम पाख्रिनले बताए।
भाजपाले यसलाई आइवास भनेको सन्दर्भमा पनि भाजपाको तर्क गर्ने शक्ति समाप्त भएको र आजसम्म भाजपाको सांसद र विधायकहरूले जनताको लागि कुनै काम गर्न नसकेको र केवल भोटको बेला जनतालाई ललीपप देखाउने काम मात्र गर्दै आइरहेको तृणमूल अलिपुरद्वार जिल्ला चेयरम्यान तथा जेडीए चेयरम्यान गंगाप्रसाद शर्मा र तृणमूल कालचिनी ब्लक सभापति असिम पाख्रिनले आरोप लगाएका छन्।
यता पट्टाको कागज हात पारेकी राइमाटाङ चियाबारीको महिला श्रमिकहरूले कमानेहरूको आजसम्म जमीनको कागजपत्र थिएन तर दिदीले चिया श्रमिकहरूलाई पट्टा दिएकोमा हर्ष व्यक्त गरेकी छन्। सर्वेक्षण भएको परिवारलाई आज पट्टा दिएको र रहल सर्वेक्षण पश्चात अझै पट्टा दिन बाँकी रहेको तृणमूल युवा कंग्रेसको कालचिनी ब्लक सभापति पवन योल्मो र राइमाटाङ चियाबारीको तृणमूल श्रमिक नेता जयलाल लामाले थप जनाएका छन्।

याे पनि हेर्नुस्

Leave a comment