आरएसपीको ८५औँ स्थापना दिवस पालन

आरएसपीको कार्यालयमा स्थापना दिवस पालन

कालचिनीः मङ्गलवार कालचिनीस्थित आरएसपी कार्यालयमा आरएसपीको ८५औँ स्थापना दिवस पालन गरिएको जानकारी आरएसपीको कालचिनी लोकल सचिव पूर्णमान राईले दिएका छन्। आरएसपीले समाजवादी क्रान्तिको मार्ग चुनेर सर्वहारा श्रमिकवर्गको हक, हित र अधिकारको निम्ति सङ्घर्ष गर्दै आइरहेको र पश्चिम बङ्गालमा बामपन्थी सरकारसँग मिलेर खटिखाने वर्गको लडाईमा सदैव उभिएर आएको र आगामी लोकसभा चुनाउबारे चर्चा पनि सम्पन्न भएको पूर्णमान राईले जनाएका छन्। पार्टीको ८५औँ स्थापना दिवसको ऐतिहासिक चर्चामा उपस्थित आरएसपी एवम् यूटीयूसी नेता तथा भूतपूर्व अलिपुरद्वार विधायक निर्मल दासले श्रमजीवीवर्गमा अझै पनि आरएसपीको माया रहेको र आगामी लोकसभा चुनाउको बामपन्थी प्रार्थी मिली उराँवलाई विजयी बनाउन पार्टीले प्रचार-प्रसार गर्ने उपस्थित कमरेडहरूलाई आह्वान पनि गरेको थियो।

आरएसपीको कार्यालयमा स्थापना दिवस
आरएसपीको कार्यालयमा स्थापना दिवस


उक्त अवसरमा कमरेड निर्मल दास लगायत आरएसपी कालचिनी लोकल सचिव पूर्णमान राई, जय तिर्की प्रार्थी मिली उराँव, गणेश लामा लगायत अन्यान्य कमरेड प्रतिनिधिहरूको सहभागिता रहेको थियो। पार्टी स्थापना दिवसको उपलक्ष्यमा आरएसपीको जनवादी कलाकारहरूले जनगीत पनि प्रस्तुत गरेको बताइएको छ।

याे पनि हेर्नुस्

Leave a comment