साहित्य अकादमी तथा कितापसिंह राई पुस्तकालयद्वारा ग्रामालोक कार्यक्रम

साहित्य अकादमी तथा कितापसिंह राई पुस्तकालयद्वारा ग्रामालोक कार्यक्रम गारोबस्तीमा

वीरपाडा: साहित्य अकादमी, नयाँ दिल्ली तथा कितापसिंह राई पुस्तकालयको आयोजनामा आज मदारीहाट खण्ड अन्तर्गत गारोबस्तीस्थित एउटा स्कूलमा ग्रामालोक अनि नेपाली साहित्य समितिद्वारा शिक्षा सेमिनार कार्यक्रम भव्यरूपमा सम्पन्न भयो। दुईवटा सत्रमा बाँडिएको प्रथम सत्र” ग्रामालोक” कार्यक्रमको अध्यक्ष नेपाली साहित्य समितिका सचिव स्वागन थापाले गरेका थिए भने मुख्य अतिथिको रूपमा वरिष्ठ साहित्यकार डाक्टर जीवन राणा, साहित्य अकादमी नेपाली परामर्श समितिका सदस्य अमृता राणा , साहित्यकार गणेशकुमार शर्मा, वेगवसन्त थापा, गणेश गजमेर, किरण उपाध्याय, लक्षुमन लिम्बु आदि रहेको कार्यक्रममा साहित्य अकादमी नेपाली परामर्श समितिका सदस्य अमृता राणाले स्वागत सम्बोधन साथै साहित्य अकादमीले गर्ने कार्यक्रमहरूबारे पनि प्रकाश पारे। कार्यक्रममा कवयित्री सुखदेवी लिम्बु, कवि दिलीपकुमार शर्मा, दिव्या थापा, हर्कु तामाङ, रचना छेत्रीले आफ्नो रचनाहरू प्रस्तुत गरे। अन्य कविहरूमा सुदर्शन तामाङ, सबिन थापा, लक्ष्मी थापा, काजल कामी, निहा राणा, अनिशा राई, निलु राणा, रेणुका लामा, प्रभात थापा, रोशनीकुमारी प्रसाद, वेगबसन्त थापा  आदिले पनि आफ्नो कविता प्रस्तुत गरे। कार्यक्रमका मुख्य अतिथि डाक्टर जीवन राणाले डुवर्समा आगामी ५ वर्ष भित्रमा सयौं कृतिहरू प्रकाशित हुने बताए।

साहित्य अकादमी तथा कितापसिंह राई पुस्तकालयद्वारा ग्रामालोक कार्यक्रम
साहित्य अकादमी तथा कितापसिंह राई पुस्तकालयद्वारा ग्रामालोक कार्यक्रम

दोस्रो सत्रमा नेपाली साहित्य समितिद्वारा शिक्षा सेमिनारको आयोजना गरियो। नेपाली साहित्य समितिका अध्यक्ष प्रभात थापाको अध्यक्षतामा सम्पन्न भएको शिक्षा सेमिनारमा मुख्य अतिथि शिक्षक वेगबसन्त थापा, विशिष्ट अतिथिमा साहित्यकार डाक्टर जीवन राणा, शिक्षक विनोद गजमेर, किरण उपाध्याय, बुद्धिमान लामा, हर्कु तामाङ, दिलीपकुमार शर्मा, गणेशकुमार शर्माले वर्तमान सरकारी माध्यमको विद्यालयको अवस्था साथै शिक्षामाथि आ आफ्नो विचार राखेका थिए। शिक्षक बुद्धिमान लामाले पहिलो सत्र अनि नेपाली साहित्य समितिका सचिव स्वागन थापाले दोस्रो सत्रको सञ्चालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ समाजसेवी लक्षुमन लिम्बुले गरेका थिए।

याे पनि हेर्नुस्

Amazon

boAt Xtend Smart Watch

boAt Xtend Smart Watch with Alexa Built-in, 1.69” HD Display, Multiple Watch Faces, Stress Monitor, HR & SpO2 Monitoring, 14 Sports Modes, Sleep Monitor, 5 ATM & 7 Days Battery Life(Olive Green)

Buy Now

Leave a comment