समाजसेवी नवीन के छेत्रीद्वारा निःशुल्क त्रिपल वितरण

समाजसेवी नवीन के छेत्रीद्वारा निःशुल्क त्रिपल वितरण


दलसिंहपाडा: दलसिंहपाडास्थित चर्च लाइनमा समाजसेवी नविन के छेत्रीद्वारा अशक्त परिवारहरूलाई निःशुल्क त्रिपल वितरण गरेका थिए। चर्च लाइनमा २४० घर रहेको छ भने उक्त गाउँमा १४० भन्दा बेसी घरको अवस्थ दयनीय रहेको छ। ग्राम पञ्चायतबाट आएको त्रिपलले नपुगेपछि पञ्चायत सदस्यले समाजसेवी नवीन के छेत्रीलाई भनेका थिए । सो अनुसार नै ५५ घरलाई नि:शुल्क त्रिपल वितरण गरेका थिए भन्ने जानकारी प्राप्त भएको छ।


अरुको दुःख आफ्नो खुल्ला आँखाले देख्न नसक्ने समाजसेवी नवीन के छेत्रीले असहाय परिवारलाई धेरै सहयोग पुर्‍याइरहेको छ। यो बर्खाको याममा हुनेहरूको त घर ओभानो होला नहुनेहरूको घर भने अगेनासम्म चिसो रहेको हुन्छ। यस्तै असहाय परिवारलाई उनी निरन्तर सहयोग पुर्‍याइरहेका हुन्छन्। त्यसै सिलसिलामा नै दक्षिणपाडास्थित चर्च लाइनका असह्य र अशक्त परिवारहरूलाई त्रिपल वितरण गरी बर्खाको याम झरीदेखि टाउको उभानो बनाउने हुने चाहन्छन्।

याे पनि हेर्नुस्


Leave a comment