श्यामबहादुर राईद्वारा आर्थिक सहयोगको अपिल

श्यामबहादुर राईद्वारा आर्थिक सहयोगको अपिल


वीरपाडा : रमाइलो यो संसार म देखि किन अन्धकार बन्दै जाँदैछ? संसार नियाल्ने यी आँखाको उपचार गर्न चाहन्छु। यो संसार फेरि हेर्न चाहन्छु। परिवारको निम्ति, समाजको निम्ति केही गर्न चाहन्छु- आज श्यामबहादुर राईले यसरी दुखेसो पोखे। आर्थिक बोझ झेल्दै तीन छोरा लगायत श्रीमती जम्मा ५ परिवार सदस्य लटरी अनि दैनिक मजदूरी गरेर परिवार धानिरहेका दिव्याङ्ग श्यामबहादुर राई दिनोदिन आँखाको रोशनी हराउँदै गएपछि प्रायः अन्धो नै बनिसकेका छन् ।


अलिपुरद्वार जिल्लाको मदारीहाट ब्लक अन्तर्गत् डाङगापाडा पोस्ट वीरपाडा निवासी श्यामबहादुर राईले आफ्नो एउटा आँखामा समस्या आएपछि धेरै अस्पतालहरूमा आँखा जँचाइसकेका छन् । गत २०२१ मा मेची नेत्रालय नेपालमा पुगेर आँखा जँचाएपछि थाहा लाग्यो कि एउटा आँखामा अत्याधिक खराब भएको कारण झट्ट अप्रेशन नगरे दुवै आँखा नदेख्ने भने पछि २०२१ मा एउटा आँखा अप्रेशन गरी निकालेको तिनी बताउँछन्। अर्को आँखाको नियमित दवाई अनि जाँच गर्न आउने सल्लाह डाक्टरले दिएको तर आर्थिक अवस्थाको कारण डाक्टर देखाउन नसकेको तिनी बताउँछन्। आर्थिक अवस्थाको कारण दवाई अनि जाँच गर्न नसकेको कारण दिनहुँ रोशनी घटदै जाने क्रम बढिरहेको छ। यसको सठिक ढङ्गले चिकित्सा हुन सके आँखाले पुनः रोशनी प्राप्त गर्न सक्ने खुलासा भएपछि श्यामबहादुर राईले गुमाइसकेको आशा जागेका छन् ।


निकै गत्तिलो रकम खर्च हुने हुनाले सबै सहयोगी मनहरूले केही आर्थिक सहयोग गरिदिए आफु चिकित्साको निम्ति उक्त अस्पताल जाने उनी बताउँछन्। उनकी श्रीमती आशा राईले पनि सहयोगको हात बढाइदिने सबैमा अनुरोध गरेकी छन् ।
बैंक खाताको विवरणः
Bank of India-
Name- Asha Rai
A/C:430110110012640
Branch – Ethelbari
IFSC code – BKID0004301
सम्पर्क नम्बर – 9339320884

याे पनि हेर्नुस्


Leave a comment