धर्मतला जाने विषय लिएर तृणमूलको सभा

धर्मतला जाने विषय लिएर तृणमूलको सभा।


कालचिनी : आगामी २१ जुलाईको दिन शहीद दिवसमा सामेल हुन धर्मतला जाने विषय लिएर मंगलाबार कालचिनीस्थित तृणमूल ब्लक कार्यालयमा तृणमूल कालचिनी ब्लक कमिटीको पक्षबाट एउटा सभा सम्पन्न भएको जानकारी तृणमूल कालचिनी ब्लक सभापति असिम पाख्रिनले दिएका छन्।


सभामा कालचिनी खण्डको ११ वटा अञ्चल कमिटीलाई लिएर शहीद दिवसमा काेलकाता धर्मतला जाने विषय लिएर व्यापक चर्चा चलेको र जति पनि नेता, कार्यकर्ता र तृणमूल समर्थकहरु जानेछ त्यसको सूची तयार पार्ने कामको जिम्मा अञ्चल नेताहरूलाई दिएको असिम पाख्रिनले जनाएका छन्।
उक्त चर्चा सभामा तृणमूल युवा कंग्रेस, तृणमूल महिला कंग्रेस, तृणमूल छात्रा परिषद एवम् विभिन्न ग्राम पञ्चायत औ पञ्चायत समितिको जनप्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

याे पनि हेर्नुस्


Leave a comment