स्व. मकरध्वज राईको स्मृतिमा श्रद्धाञ्जली सभा

कालचिनीः गत २२ फरवरीको दिन आफ्नै बारीमा काम गर्न जाँदा जङ्गली हात्तीको आक्रमणमा परेर मृत्यु भएको राजाभातखावाको वरिष्ठ समाजसेवी मकरध्वज राईको स्मृतिमा आइतवार शोक सभा पालन गरियो। राजाभातखावाको सामाजिक संस्था नेपाली कल्याण समितिको आयोजनामा सम्पन्न उक्त शोक सभामा विशिष्ट समाजसेवी रामकुमार लामा, दुर्गा चामलिङ, लालसिंह भुजेल, राजु छेत्रीलगायत अन्यान्य सदस्यहरूको उपस्थिति रहेको थियो।
स्व. मकरध्वज राई एकजना सक्रिय समाजकर्मी एवम् साहित्यानुरागी व्यक्तित्व रहेको र तिनको कृति प्रकाशनमा नआएता पनि तिनले आफ्नो कृति कुनै दिन प्रकाशनमा ल्याउने प्रबल इच्छा राखेको समाजसेवी रामकुमार लामाले बताए। स्व. राईले राजाभातखावाको नेपाली समाज कल्याण समितिको स्थापना गर्न एवम् नेपाली साहित्यिक संस्थाहरू डुवर्स नेपाली साहित्य विकास समिति, सृजनशील समूह कालचिनीलाई आफ्नो व्यक्तिगत सहयोग पुऱ्याउँदै आइरहेको पनि राजाभातखावाका वरिष्ठ समाजसेवी दुर्गा चामिलङले जनाएका छन्। आफ्नो जीवनको आधा उमेरमा आईपुगेका मकरध्वज राईको यसरी अचानक भएको निधनले सम्पूर्ण राजाभातखावालाई अपूर्णीय क्षति पुगेको रामकुमार लामाले जनाएका छन्।आगामी शुक्रबारको दिन स्व. मकरध्वज राईको श्राद्ध क्रिया सम्पन्न हुने पनि पारिवारिक सदस्यहरूले जनाएका छन्।

Leave a comment