कालचिनीः एसएसबी ३४ वाहिनी फालाकाटा हिन्दुस्तान मोड मुख्यालयका कमान्डेन्ट मनोजकुमार चन्दको दिशानिर्देशमा डी कम्पनी भुटानघाट कार्यक्षेत्रको कैँजले बस्ती र रायडक बीओपीको तुरतुरी खन्डमा पशु चिकित्सा शिविर सम्पन्न भएको जानकारी एसएसबी सुत्रले दिएका छन्।
उक्त शिविर एसएसबी भेटेरिनरी कमान्डेन्ट डा. एचके सिंहको नेतृत्वमा सम्पन्न भएको थियो भने शिविरमा प्रायः १० वटा गाउँबाट आएको १५२ जना गाउँलेहरू एवम् ७८४ वटा घरपालुवा पशुहरूको अलग अलग चिकित्सा साथै निःशुल्क औषधि वितरण पनि गरिएको एसएसबी सुत्रले जनाएका छन्। एसएसबीको नागरिक कल्याण कार्यक्रम अन्तर्गत उक्त शिविर सम्पन्न भएको र यसप्रकारको कार्यक्रम जारी रहने एसएसबी सुत्रले जनाएका छन्।