एसएसबी ५३ वाहिनीद्वारा वृक्षारोपण सम्पन्न

कालचिनीः बुधबार विश्व पर्यावरण दिवसको उपलक्ष्यमा मिशन लाइफ कार्यक्रम अन्तर्गत एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको परिसरमा बलका कार्यवाहक कमाण्डेन्ट तथा सेकेन्ड कमाण्डिङ अफिसर धीरज कुमारको नेतृत्वमा फोर्सका कर्मचारीहरूसँग बृहत् वृक्षरोपण अभियान सञ्चालन गरिएको थियो।


५३ बाहिनी सशस्त्र सीमा बाल सिम्लाबारीले वृक्षारोपण कार्यक्रमको मुख्य उद्देश्य वातावरण संरक्षण र सुधार गर्नु रहेको बताउँदै कार्यवाहक कमाण्डर सेकेन्ड कमाण्डिङ अफिसर धीरज कुमारले प्रकृति संरक्षण हाम्रो मात्रै दायित्व नभएको बताए। स्वच्छ र स्वस्थ वातावरणबिना मानव समाजको परिकल्पना अधुरो रहेको भन्दै उनले सकेसम्म बढीभन्दा बढी वृक्षारोपण गर्नु हामी सबै नागरिकको कर्तव्य भएको बताए यसका साथै भारत-भोटाङ सिमानामा रहेका सबै सीमा चौकीमा वाहिनीको कार्यक्षेत्रमा रहेका डेपुटी कमाण्डेन्ट दिलीपकुमार सरकार, मातहतका अधिकारी र सैनिकहरूले पनि बृहत् वृक्षरोपण कार्यक्रम पनि आयोजना गरेको एसएसबी सुत्रले थप जनाएका छन्।

Leave a comment