गुम्बा कमिटीद्वारा वृक्षारोपण

कालचिनीः बुधबार विश्व पर्यावरण दिवसलाई छेक पारेर भाटपाडा चियाबारीस्थित तामाङ साङा छोईलिङ गुम्बाको परिसरमा उक्त गुम्बा कमिटीको सदस्यहरूले विभिन्न प्रकारको छाँयादार एवम् फल फूलको वृक्षारोपण गरिएको जानकारी तामाङ साङा छोईलिङ गुम्बाको प्रतिनिधिहरू राजेश लो, विनय गोले, सञ्जय बम्जन र अन्यान्य सदस्यहरूले दिएका छन्।


बिहान गुम्बा परिसरको सीमामा सुपारीको बिरुवा लगायत अशोक वृक्ष एवम् फलफूलको बिरुवाहरू रोपण गरिएको थियो।
गुम्बा कमिटीको पक्षबाट राजेश लो र विनय गोलेले विगत ९ मईको दिनदेखि सागा दावाको व्रत पनि चलिरहेको र बिहीबार यसको समापन पूजा गुम्बामा हुने र विश्व पर्यावरण दिवसलाई छेक पारेर यो वृक्षारोपण पनि गरिएको जनाएका छन्।

Leave a comment