एसएसबी ५३ वाहिनीद्वारा मेरो लाइफ एम्पलीफिकेशन २०२४ कार्यक्रम

एसएसबी जवानहरूले बालबालिकाहरूलाई वातावरण संरक्षण र सरसफाईको महत्वबारे सचेतना

कालचिनीः एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयले शुक्रबार मेरो लाइफ एम्पलीफिकेशन प्लान २०२४ साप्ताहिक कार्यक्रम अन्तर्गत महत्वपूर्ण सामाजिक पहल अनुरुप सैनिक जवान र तिनका परिवारले दिएको कपडा, भाँडाकुँडा, किताब आदि सामग्री फालाकाटा क्षेत्रको जनता कलोनी र यस बटालियनको सीमा चौकी क्षेत्रमा रहेको आवश्यकमन्द परेकाहरूलाई वितरण गरिएको थियो।

एसएसबीद्वारा सचेतना कार्यक्रम
एसएसबीद्वारा सचेतना कार्यक्रम


कार्यक्रममा उपस्थित एसएसबी जवानहरूले बालबालिकाहरूलाई वातावरण संरक्षण र सरसफाईको महत्वबारे पनि सचेत गराउँदै यसलाई दैनिक जीवनमा अपनाउन प्रेरित गरेका थिए। कार्यक्रममा एसएसबीका जवानहरूले सामान वितरण मात्र नगरेर बच्चाहरूसँग समय बिताउँदै उनीहरूको समस्या बुझ्ने र उनीहरूको उज्ज्वल भविष्यको कामना गरेको एसएसबी सुत्रले जनाएका छन्।

यो पनि हेर्नुहोस्

Leave a comment