एसएसबीद्वारा बक्साद्वारमा निःशुल्क चिकित्सा शिविर

कालचिनीः भारत भोटाङ सीमान्तमा अवस्थित दुर्गम बक्साद्वारमा बिहीबार एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट विजय सिंहको दिशानिर्देशमा निःशुल्क चिकित्सा शिविर सम्पन्न भएको एसएसबी सुत्रले जनाएका छन्।
उक्त चिकित्सा शिविरमा घरपालुवा पशु एवम् गाउँलेहरूलाई निःशुल्क औषधि वितरण पनि गरिएको थियो। सुन्तलाबारी कार्यक्षेत्र अन्तर्गत एसएसबी ५३ वाहिनीका चिकित्सक भेटेरेनरी कमान्डेन्ट डा. देवाशीष त्रिपाठीको नेतृत्वमा ३० जना गाउँले र ६५ घरपालुवा पशुको चिकित्सा सम्पन्न भएको एसएसबी सुत्रले जनाएका छन्। शिविरमा कोदोको उपयोग र प्रयोग खाद्यान्नमा गर्नुपर्ने आह्वान पनि चिकित्सकले गाउँलेहरूलाई आह्वान गरेको थियो।

याे पनि हेर्नुस्

Amazon

Mi 10000mAH Li-Polymer, Micro-USB and Type C Input Port, Power Bank 3i with 18W Fast Charging (Midnight Black)

Buy Now

Leave a comment