भाजपाका निर्वाचित पञ्चायत समिति सदस्य तृणमूलमा सामेल

कालचिनीः चुनाउको मुखैमा दलबदलको क्रम चलिरहेकोबिच बिहीबार कालचिनी खण्डको दलसिंहपाड़ा गोपालबहादुर बस्तीका भाजपा निर्वाचित पञ्चायत समिति सदस्य महेन्द्र धमालाले तृणमूल शिविरमा योगदान गरेको छ। दलसिंहपाड़ामा सम्पन्न तृणमूलको चुनावी सभामा महेन्द्र धमालासहित प्रायः २५ भन्दा अधिक परिवारले भाजपा छोडेर तृणमूलको झण्डा ग्रहण गरेको तृणमूल कालचिनी ब्लक सभापति असिम पाख्रिनले जनाएका छन्। भाजपाबाट केही लछारपाटो नलाग्ने र मुख्यमन्त्री ममता ब्यानर्जीको विकासमूलक कामले आफूले भाजपा छोडेको र माँ, माटी र मानुसको सरकारसित हातेमालो गर्दै गाउँमा विकासको मार्ग प्रशस्त गर्न तृणमूलको शिविरमा आएको र तृणमूल प्रार्थी प्रकासचीक बडाईकलाई समर्थन गर्ने महेन्द्र धमालाले जनाएका छन्।


उक्त अवसरमा तृणमूल कालचिनी ब्लक सभापति असिम पाख्रिनलगायत दलसिंहपाड़ा अञ्चल सभापति प्रतापसिंह राणा, तृणमूल जिल्ला नेता शरण लामा एवम् अन्यान्यको उपस्थिति र बाहुलीबाट पञ्चायत समितिको सदस्य महेन्द्र धमालाले तृणमूलमा सामेल भएको बताइएको छ। सभामा तृणमूल नेता गणेश आले, शम्भू जयसवाल एवम् अन्यान्यको उपस्थिति रहेको थियो।

याे पनि हेर्नुस्

Amazon

Ear Buds

Noise Buds VS104 Truly Wireless Earbuds with 45H of Playtime, Quad Mic with ENC, Instacharge(10 min=200 min), 13mm Driver,Low Latency, BT v5.2 (Mint Green)

Buy Now

Leave a comment