द किट्स माइक ट्यलेन्ट हन्ट – २०२४ को फिनाले

द किट्स माइक ट्यलेन्ट हन्ट – २०२४ को फिनालेमा १२ जना विद्यार्थी नानीले लाइभ प्रस्तुत गरेका थिए



वीरपाडा: वीरपाडास्थित वीरपाडा एकाडमी स्कूलमा डुवर्स दर्शण फेसबुक पेजको आयोजनमा द किट्स माइक ट्यलेन्ट हन्ट–२०२४ को फिनाले सम्पन्न भएको थियो । कवि तथा साहित्यकार अबीर खालिङ प्रमुख अतिथि रहेको कार्यक्रममा १२ जना विद्यार्थी नानीहरूले आफ्नो लाइभ प्रस्तुति दिएका थिए । अप्रेल महिनादेखि वीरपाडा क्षेत्रका विभिन्न स्कुलका नानीहरूको मौलिक क्षमतालाई लिएर अन्लाइन प्रतिस्पार्द शुरु गरेका थिए । अन्लाइन प्रतियोगीहरूमा जम्मा ९५ जनाले भाग लिएका थिए भने त्यसमध्ये १२ जना विद्यार्थी नानीलाई लाइभ प्रस्तुतिमा मौका दिएका थिए ।


१२ जना विद्यार्थी नानीहरूले क्रमिक रुपमा आ आफ्नो प्रस्तुति दिएका थिए भने ती मध्ये विजेता हिमालयन एकाडमीका विद्यार्थी साइन थापा, सेहान छेत्री, हिमालयन एकाडमी प्रथम उपविजेता भएका थिए दोस्रो उपविजेता सनसाइन स्कुलका विद्यार्थी छोइसाङ तामाङ, भएका थिए । विजेतालाई नगद रुपियाँ दस हजार, ट्रफी र प्रमाण पत्र प्रदान गरेका थिए । त्यसरी नै प्रथम उपविजेतालाई रुपियाँ पाँच हजार र दोस्रो उपविजेतालाई तीन हजार नगद राशी प्रदान गरेका थिए । यस लाइभ प्रस्तुतिको प्रमुख निर्णायकको रुपमा अबीर खालिङ, रुपेश शर्मा रहेका थिए ।


यस कार्यक्रममा विभिन्न कलाकारहरूले गीत प्रस्तुत गरे भने विभिन्न ठाउँका संघ संस्थाहरूलाई सम्मान पनि जनाए । कार्यक्रमको सञ्चालन बुद्धिमान लामा र अजय खड्काले गरे । वीरपाडा एकाडमीका प्रिन्सिपल राजु प्रधान, वीरपाडा नेपाली हाइ स्कुलका शिक्षक प्रभारी अनुप शर्मा, डुवर्स नेपाली साहित्य विकास समितिका महासचिव रबिन खवास, कोषाध्यक्ष राजेश प्रधान, बाग्राकोट हाइ स्कुलमा प्रधानाध्यपक सागर शर्मा, जुगेश राई, गायिका प्रतिमा राई, गायक उमेश छेत्री, आदिको बहुल उपस्थिति रहेको सो कार्यक्रमको प्रयोजकको रुपमा चाहात फेन्स क्लब रहेको थियो ।

यो पनि हेर्नुहोस्


Leave a comment