रूपेश विश्व पत्थरझोडा डुवर्सका तिम्रो गुरुत्वाकर्षण
रूपेश विश्व. पत्थरझोडा डुवर्स
मलाई मात्र खिचेर राखेको छौ कि तिमीले अथवा अरू कोहीलाई पनि? यो प्रश्नले धेरै पीडा दिन्छ मलाई, त्यसकारण तिमीबाट यसको उत्तर पनि सुन्न चाँहदिन म तिमीलाई सम्झी सम्झी रमाईरहने यो मनलाई बेकारमा घायल बनाउन म चाँहदिन ।
रूपेश विश्व -का तिम्रो गुरुत्वाकर्षण
कथङ्काल यो प्रश्नले तिम्लाई रीस उठ्यो भने त्यो रीस साँच्चीकै ममाथि खनियो भने बेकारमा आफु अपहेलित भएको पीडा सम्झी सम्झी कण्ठहरूमा परेको गाँठो तल-माथि गर्दै बस्नु मात्र हो। हुन त तिम्ले मलाई खिचेको कहाँ हौ र? तिमी छौ र म आफ्फै खिचिएको मात्र हुँ । आफ्फै पनि खै के भनु र तिमीमा केही त छ मलाई यसरी लालयित बनाउने र म खिचिएको हुँ। खै कस्तो गुरुत्वाकर्षण छ तिमीसँग जो तिम्रो शरीरभरी विराजमान छ तिम्रो अस्तित्वमा नै विराजमान छ। खै तिम्लाई म के देख्छु कुन्नि जब म तिम्रो तस्विर देख्छु जब म तिम्लाई सशरीर देख्छु मनमा चाहनाको ज्वारभाटाहरू पागल भएर उर्लिन थाल्छ खुशी र उमङ्गका बतासहरू आँधी हुन थाल्छ । जसरी ब्रम्हाण्डमा ग्रहहरू असङ्ख्य छन् तर पनि पृथ्वीले मात्र सृष्टिलाई तानेर अड्काएको छ । त्यसरी नै दुनियाँमा तिमी जस्ता अनेकौँ छन् तर तिम्ले मात्र मलाई तानेर अड्काएका छौ। म बुझ्न सक्तिन तिम्रो यो गुरुत्वाकर्षण न म तिम्रो यो आकर्षणबाट छुट्न नै सक्छु । खै तिमीमा के त्यस्तो गुरुत्वाकर्षण छ म बुझ्न पनि सक्तिन !