तीनजना छात्राले अस्पतालबाट दिइन् माध्यमिक परीक्षा

कालचिनीः मंगलवार माध्यमिक परीक्षाको भूगोल विषयको परीक्षा चलिरहेको समय कालचिनी खण्डको हेमिल्टनगञ्ज हाइस्कूल र उत्तर लोथाबारी हिन्दी हाइस्कूलका ३ जना हठात अस्वास्थ्य बन्न पुगेकी थिइन्।
प्राप्त जानकारी अनुसार, यूनियन एकाडमी स्कूल र कालचिनी हिन्दी हाइस्कूलमा परीक्षा केन्द्रमा परीक्षा दिन पुगेकी ३ जना परीक्षार्थी क्रमैले माधवी मन्डल, काजल साहा र रितिका उराँव अचानक बिरामी हुँदा परीक्षा ड्युटीमा कर्मरत कालचिनी थानाको पुलिसबलले उक्त तीनैजना परीक्षार्थीलाई उत्तर लोथाबारी ग्रामीण अस्पतालमा पुऱ्याएको थियो।
तत्काल उपचारपछि राहत पाउने बित्तिकै ती तीनजना परीक्षार्थीले अस्पतालको बेडबाट परीक्षा दिएकी पुलिस सुत्रले जनाएका छन्।

याे पनि हेर्नुस्

Leave a comment