तृणमूल प्रार्थी प्रकास चीक बडाइकद्वारा कालचिनी क्षेत्रमा चुनाउ प्रचार

कालचिनीः बाङ्गलार अधिकार यात्रा अन्तर्गत मुखामुख उपभोक्ता, पथसभा गर्जन, एकता भोज, पब्लिक मिटिङ र जनगर्जन सभा गर्दै बुधबार अलिपुरद्वार लोकसभा केन्द्रका तृणमूल प्रार्थी तथा वर्तमान राज्यसभा सांसद एवम् तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बडाइकले कुमारग्राम, तुफानगन्ज र अलिपुरद्वार हुँदै कालचिनी विधानसभा क्षेत्रको राजाभातखावा अञ्चल, गारोपाड़ा अञ्चलको गंगुटिया चियाबारी लगायत कालचिनी, हेमिल्टनगञ्ज र मधु चियाबारी र मेन्दाबारी, साताली र मलङ्गी अञ्चलको विभिन्न ठाउँहरूमा पुगेर चुनाउ प्रचार गरे। उक्त अवसरमा लोकसभा प्रार्थी प्रकास चीक बडाइकसँग कालचिनी ब्लक सभापति असिम पाख्रिन, टीसीबीएसयूका अध्यक्ष बिरेन्द्र बारा उराँव, अलिपुरद्वार जिल्ला परिषदका सभाधिपति स्निग्धा साइबो, तृणमूल युवा कंग्रेसको राज्य सभापति राजकमल भगत, अलिपुरद्वार जिल्ला तृणमूल युवा कङ्ग्रेसको अध्यक्ष तथा अलिपुरद्वार जिल्ला परिषदका कर्माध्याक्ष विशाल गुरुङ एवम् अन्यान्य तृणमूल नेतृत्वहरूको सहभागिता रहेको थियो।


प्रचार अवधि प्रार्थी प्रकास चीक बडाइकलाई तृणमूल समर्थकहरूले भव्य स्वागत गरेको थियो भने लोकसभा चुनाउमा जातीय सम्प्रति र सद्भावना नष्ट गर्ने साम्प्रदायिक भाजपालाई भारी मतको पार्थक्यामा पराजित गर्दै माँ, माटी र मानुसको प्रतिनिधिलाई जिताउने आह्वान गरे।

तिनले प्रचार अवधि मुख्यमन्त्री ममता ब्यानर्जीको कुशल नेतृत्व अनि अभिषेक ब्यानर्जीको दिशानिर्देशमा राज्यको समनान्तर विकासको गति एवम् जनकल्याणकारी योजनाले चियाबारीको श्रमिकहरूदेखि गरीब जनसाधारण उपकृत भइरहेको विवरण गर्दै बङ्गाललाई अशान्त बनाउन खोज्ने भाजपा विरुद्ध यो चुनाउमा तृणमूललाई विजय बनाउने अपिल पनि गरे।
प्रचार-प्रसार नरोकिने यो निरन्तर आफ्नो निर्वाचन क्षेत्रमा चुनाउ आचार संहितालाई पालन गर्दै जारी रहने जनाएका छन्।

Leave a comment