तृणमूलका अलिपुरद्वार लोकसभा प्रार्थी प्रकास चीक बडाईकद्वाराका चुनाउ प्रचार शुरु

लोकसभा प्रार्थी प्रकास चीक बडाईक चुनाउ प्रचारमा

कालचिनीः आउँदो लोकसभा चुनाउको निम्ति तृणमूलको अलिपुरद्वार लोकसभा आसनबाट चयनित प्रार्थी प्रकास चीक बडाईकले आफ्नै जन्मथलो कुमारग्राम खण्डको न्यूल्यान्ड्स चियाबारी गाउँबाट चुनाउ प्रचार शुरु गरेका छन्। तिनले आफ्नै गाउँमा स्थित राधाकृष्ण मन्दिरमा पूजा अर्चना गरेपछि मादल र ढाँक बजाएर गाउँमा आफ्नो समर्थकहरूसित चुनाउ प्रचार गर्न हिँडेका थिए।
चुनाउ प्रचार अवधि तिनीसँग आईएनटीटीयूसीका अलिपुरद्वार जिल्ला सभापति विनोद मिन्ज लगायत जिल्लाका अन्यान्य नेतृत्वहरूको उपस्थिति रहेको थियो।

प्रकास चीक बडाईक  : फाइल फाेटाे
प्रकास चीक बडाईक : फाइल फाेटाे


प्रचार अवधि प्रकास चीक बडाईकले यसपालीको भोट जनसाधारणले सयदिने कामको अडकिएको वेतन पाएको, आशा कर्मीहरूको वेतन वृद्धि, लक्ष्मी भण्डारको भत्तामा वृद्धि, छात्रावृति, कन्यााश्री, रुपश्री, चिया श्रमिकहरूलाई दिएको पट्टा र आवास रकम एवम् धेरै जनमुखी विकासको नाममा हुने र जनताले अवश्यै पनि केन्द्रको झुटको पर्दाफास गर्ने बताएका छन्। जनताले यो लोकसभा चुनाउमा भाजपाको सांसद र विधायकहरूको व्यर्थता अनि जनविरोधी भाजपालाई परास्त गर्न भोट हाल्ने तिनले थप जनाउँदै प्रचार प्रसार जोडतोडले हुने बताएका छन्।

याे पनि हेर्नुस्

Leave a comment