बीजीपी प्रार्थी मनोज तिग्गाद्वारा चुनाउ प्रचार शुरू

कालचिनीः भाजपाका अलिपुरद्वार लोकसभा आसनको प्रार्थी मनोज तिग्गाले बुधबार कालचिनी खण्डको भारत भोटाङ सीमान्त सहर जयगाउँ हुँदै मङ्गलबारी, दलसिंहपाड़ा, हाँसीमारा, हेमिल्टनगञ्ज र कालचिनीको बजारहुँदी छडके प्रचार गरे। यस प्रचारको क्रममा कालचिनी विधायक विशाल लामा लगायत भाजपाको कालचिनी विधानसभा क्षेत्रको संयोजक आलोक मित्र, एसटी मोर्चा नेता राजेश बारला, प्रदिप कुजूर, लगायत भाजपा महिला मोर्चा नेतृ कविता केरकेट्टा, भाजपा युवा मोर्चा एवम् विभिन्न बूथ नेता औ समर्थकहरूको सहभागिता रहेको थियो।

मनोज तिग्गा  : फाइल फाेटाे
मनोज तिग्गा : फाइल फाेटाे


कालचिनी र हेमिल्टनगञ्जको बजार र दोकानहरूमा पसलेहरूलाई भेट्दै प्रार्थी मनोज तिग्गाले भलाकुसारी गरेको थियो। यस अघि तिग्गाले जयगाउँमा खुल्ला ऱ्याली निकाल्दै प्रचार चलाएको थियो भने सो क्रममा भाजपा जयगाउँ १ नम्बर मण्डलका नेता राजेश छेत्री लगायत अन्यान्य नेता समर्थकहरूको उपस्थिति रहेको थियो। भाजपा लोकसभा प्रार्थी मनोज तिग्गाले राज्यको सत्तारूढ़ तृणमूलले मनरेगाको वेतन दिएको झुटो प्रचार चलाएको वास्तवमा त्यो सबै रकम केन्द्रले नै दिएको, पट्टाको झुटो प्रचार र काम नलाग्ने पट्टा वितरण गरेको, सबै झुटो राजनीति गरेको आरोप लगाएका छन्। भाजपा सांसद तथा केन्द्रिय मन्त्री जोन बारलाले रायडक, बासरा र बन्दापानीको नदीमा सेतु बनाउने भनेको आजसम्म नबनेको सम्बन्धमा केन्द्रबाट सबै पास गरेर दिएता पनि राज्य सरकारले यसको टेन्डर नगरेको तिग्गाले जनाएका छन्। जनताले जसरी विगतको लोकसभा चुनाउमा मन्त्री जोन बारलालाई बहुमत दिएर जिताए त्यसरी नै यसपाली पनि विपुल मतले‌ अलिपुरद्वार लोकसभा आसनका मतदाताहरूले आफूलाई जिताउने दाबी समेत गरेका छन्।

याे पनि हेर्नुस्

Leave a comment