उच्चतर माध्यमिक परीक्षाफल सन्तोषजनक

उच्चतर माध्यमिक परीक्षाफल सन्तोषजनक

कालचिनी: माध्यामिक परीक्षाफल धेरै राम्रो भएको र उच्चतर माध्यमिक परीक्षाफल पनि सन्तोषजनक भएको शंकर नेपाली उच्चमाध्यामिक विद्यालयको शिक्षकहरूले जनाएका छन्।
कालचिनी खण्डको एकमात्र नेपाली माध्यमको स्कूल शंकर नेपाली उच्चमाध्यामिक विद्यालयका जम्मा १४० जना विद्यार्थीहरूले एचएस परीक्षा दिएको थियो जसमा ४० जना प्रथम स्थानमा उत्तीर्ण भएको र ८६ जना पास र १७ जना अनुत्तीर्ण भएको स्कूल सुत्रले जनाएका छन्।
सो स्कूलको एचएस परीक्षाफलमा अरमान प्रधानले मोठ अङ्क ४१४ ल्याएर स्कूल टपर बनेका छन् भने अन्य दुईजना अरमान लामा ३९० दोस्रो टपर र विकास सन्यासीले ३८१ अङ्क हासिल गरेर तेस्रो स्कूल टपर बनेका स्कूलका शिक्षकहरूले जनाएका छन्।
अर्कोतिर कालचिनी युनियन एकाडेमी बङ्गला स्कूलमा रक्तिमा घोषले ४१९ सर्वोच्च अङ्क ल्याएर स्कूल टपर बनेकी छन् भने हेमिल्टनगञ्ज हाइस्कूलका प्रणव ठाकुरले कला विभागबाट ३८३ र प्राप्ती च्याटर्जीले विज्ञान विभागबाट ३१४ अङ्क हासिल गरेर स्कूल टपर बनेका छन्।

याे पनि हेर्नुस्

Amazon

Redmi 13C

Redmi 13C (Stardust Black, 4GB RAM, 128GB Storage) | Powered by 4G Mediatek Helio G85 | 90Hz Display | 50MP AI Triple Camera

Buy Now

Leave a comment