कालचिनीः डुवर्सको मदारीहाट बीरपाडा खण्ड अधीनस्थ पर्ने रामझोडा चियाबारीका युवा युवतीहरूलाई खेलाधुलामा आकर्षित गर्न अनि ड्र्ग्स दुर्व्यसनको कुलतबाट युवा पीढीलाई टाढा राख्न लङ्कापाडाका युवा समाजसेवी तथा वर्तमान अलिपुरद्वार जिल्ला परिषदका सभाधिपति विशाल गुरुङले स्थानीय युवा समाजसेवीहरू देवराज छेत्री, नवराज शर्मा, कविराज मगर, उत्तम शर्मा, रञ्जन मुण्डा र अभिषेक छेत्री एवम् अन्यान्यको उपस्थिति अनि सहयोगितामा शनिबार खेल सामग्री साथै फूटबल प्रदान गऱ्यो।
वर्तमान पीढीका केटाकेटीहरूले खेलकूदमा ध्यान नदिएको र कुलत र मोबाइलको प्रयोग अधिक गर्ने भएकोले शारीरिक व्यायाम गर्न पनि भूलेको अवस्थालाई ध्यानमा राखेर प्रत्येक गाउँका टोलका केटा केटीहरूको अलग अलग फूटबल टोली गठन गरेर उनीहरूलाई फूटबल वितरण गरिएको जिल्ला परिषदका कर्माध्याक्ष तथा युवा समाजसेवी विशाल गुरुङले जनाएका छन्।
वर्तमान युवा प्रजन्मलाई सही बाटो देखाउन अनि स्वास्थ्य समाजको निर्माण गर्न आफूहरू पहिलादेखि लागि परेको र यसको लागि प्रत्येक गाउँमा क्लबको गठन र त्यसको माध्यममा खेलकूद प्रतियोगिता आयोजना गरिने लक्ष्य रहेको साथै आउँदो डुवर्स कप २०२४ को निम्ति पनि केटी र केटीको फूटबल टोली चयनित गरिएको विशाल गुरुङले थप जनाएका छन्।